काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ।
माइतीघर मण्डलामा युवा संघको अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी युवाले एसपीपीका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने माग गरेका हुन्। सहभागीहरूले ‘एसपीपी अस्वीकार गर’, ‘आन्तरिक मामिलामा हस्तक्षेप नगर’, ‘एसपीपी चाहिँदैन देश बेच्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
विरोध प्रदर्शनपछि आयोजित कोणसभाका वक्ताहरुले एसपीपीका विषयमा विभिन्न व्यक्ति तथा संस्था जोडिएको र थप अन्योल सिर्जना गरेकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताएका थिए। एसपीपी राष्ट्रको हितविपरीत रहेकाले खारेज गर्नुपर्ने उनीहरुको माग थियो।
पार्टीका केन्द्रीय सदस्य एवं युवा सङ्घका अध्यक्ष नरेश शाहीले एसपीपी सम्झौता प्रक्रिया अगाडि बढाउनेलाई देश निकाला गर्नुपर्ने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।