काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। असार ७, ८ र ९ गतेका लागि बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको हो।
काठमाडौंमा हुने भनिएको बैठक विशेष कारणवश स्थगित भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन्।
बैठकको अर्को मिति भने तोकिएको छैन। अहिले नै अर्को मितिबारे स्पष्ट नभएको राप्रपाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।