• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
मिटरब्याजले बनायो सुकुम्बासी

न्याय पाइँदैन भने बरु राज्यले गोली हानोस् तर साहुको तनावले मर्न चाहन्नौं! 

64x64
धनु विश्वकर्मा शनिबार, असार ४, २०७९  १९:३०
1140x725

काठमाडौं– माइतीघर मण्डला भुइँमान्छेको ठाउँ हो। घरि शरीर पोल्ने प्रचण्ड घाम लाग्छ। घरि घामलाई छोप्न छपक्कै बादल लाग्छ। भुइँमा फम विछ्याइएर सेताम्मे दारीवाल बृद्ध सुतेका छन्। मिडियाकर्मी आइराख्छन्। हातमा ‘मिटर ब्याजी ठगी बन्द गर, तम्सुक फिर्ता गर’ भन्ने पर्चा लिएका छन्। 

उनी हुन् नवलपरासीका लामसुवक मुसहर। साहुले तमसुक थमाउँदै २५ कटठा जग्गा हडपेपछि उनी भूमिहीन भएका छन्। लामसुवक मात्रै होइनन्, उनीसँगै ७० जना पीडित काठमाडौं आएका थिए न्यायका लागि। तर, यहाँ आइसकेपछि खान, बस्न निकै गाह्रो भयो। अहिले १४ जना धर्नामा छन्। दुई दिन त उनी पशुपति नजिक बसे। घरबाटै बोकेर ल्याएको खाने सामल सकिएको छ। 

No description available.

आफूजस्तै भूमिहीनको संख्या संयौं रहेको उनी बताउँछन्। ‘भएको जग्गा साहुले बन्द गरेको छ’ उनी भन्छन्। उनका साहु नवलपरासीका चार जना दाजुभाई हुन्। सुनिल बानियाँ, जगदिश बानियाँ, सुरेश बानियाँ र सुजित बानियाँ। बानियाँ दाजुभाईले उनलाई चर्को ब्याजदरमा ऋण दिए। तर, ब्याज त जसोतसो तिर्दै आए पनि साँवा भने तिर्न सकेनन् लामसुवकले। साँवा तिर्न नसकेपछि बानियाँ दाजुभाईले उनको जग्गा हडपे। अहिले उनी सोही जग्गा फिर्ताको माग राख्दै सरकार गुहारिरहेका छन्। 

बानियाँ दाजुभाईबाट पीडित अर्का हुन् अवधेश खुस्वा। उनले भारतको बैंगलोरबाट बीबीए अध्ययन गरेका छन्। कमाउने माध्यम केही नभएपछि सानोतिनो संकट टार्न पनि उनका परिवारले बानियाँ दाजुभाईसँगै ऋण लिन्थे। तर, त्यति चर्को ब्याजमा परिवारले ऋण लिएको अवधेशले अध्ययन सकेर आएपछि मात्रै थाह पाए। पढाईकै लागि लिएको ऋण तिर्न नसक्ने अवस्थामा पुगेपछि उनको जग्गा पनि बानियाँ दाजुभाईकोमा बन्दकी छ। 

आफ्नो सोझो परिवारलाई चर्को ब्याजदरमा ऋण दिएर जग्गा कब्जा गरेको भन्दै जग्गा फिर्तीका लागि माइतीघर मण्डलामा धर्नामा छन् अवधेश। उनी भन्छन्, ‘मिटरब्याजी ठगी बन्द हुनुपर्छ। पीडितले न्याय पाउनुपर्छ। हाम्रो जग्गा फुकुवाका लागि सरकारले पहल थाल्नुपर्छ।’

यस्तै, सुस्ता गाउँपालिका रामनगरका राज खुस्वा पनि मिटरब्याजकै कारण पीडित छन्। उनी भन्छन्, ‘साहुले एक लाख ऋण दियो भने कागजमा दुई लाख बनाइदिन्छन्। पढ्न नजानेका मानिसलाई त्यो पनि ६० प्रतिशत ब्याज हान्छन्। कैयौं किसानले त ऋण तिर्न नसकेरै हृदयघातका कारण ज्यान गुमाएका छन्।’ गाउँमा मिटरब्याजीविरुद्ध संघर्ष गर्न समिति बने पनि त्यसले न्याय दिलाउन नसकेको उनको भनाइ छ। 

No description available.

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरू आफ्नो जग्गा फुकुवाको माग गर्दै काठमाडौं आएको ६ दिन भइसक्यो। उनी जग्गा फुकुवाका लागि सरकासँग कुरा पुर्‍याइदिन माग गर्दै पत्रकार ऋषि धमलाकहाँ पुगे। जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पनि आफ्ना माग राखे। त्यतिमात्र होइन सम्पत्ति सुद्धिकरण आयोगको पनि ध्यानाकर्षण गराए। तर कतैबाट न्यायको पहल हुने विश्वास पाएनन्। त्यसपछि भने उनीहरू माइतीघर रोज्न पुगे। 

प्रतापपुर–६ सिरनपुरकी किचरीदेवीको जग्गा पनि साहुकोमा बन्दगीछ। मिटरब्याजका कारण उनले आफ्नो जग्गा कमाउन पाएकी छैनन्। ‘मेरो टाउको त्यति कपाल छैनन् होला जति मैले साहुको ब्याज तिरेको छु’, उनी भन्छिन्। उनले पनि घरमा आवश्यक पर्दा एक लाख रुपैयाँ ऋण लिएकी थिइन्।

तर, साहुले उनको निरक्षरताको फाइदा उठाउँदै एक लाखको पाँच लाख बनाइदिए। साँवा तिर्नु त परैको कुरा हो, ब्याजसम्म तिर्न मुस्किल पर्‍यो। ‘अरु कमाउने उपाय केही छैन। घरतिर अलिअलि काम गरेर कमाएको रकम पनि साहुको ब्याज तिर्दैमा ठिक्क हुन्छ’, उनी गुनासो गर्छिन्। 

No description available.

Xtrem

Xtrem

सुस्ता–२ का रामशुलभ गुप्ताको समस्या पनि उस्तै छ। उनले छोरीको विवाह र घरखर्चका लागि साहुसँग सात लाखको ऋण लिए। तर, कागज बनाउँदा साहुले १४ लाख बनाइदिए। उनले पत्ता पाएनन्। उनले त त्यो पनि तिरे। तर, साहुले ब्याजसहित ३२ लाख पुगेको भन्दै जग्गा रोकिदिए।

उनको लालपूर्जा बानियाँसँग छ। ‘हामीलाई सरकारी निकायले ऋण दिँदैनन्। स–सानो आवश्यकताका लागि पनि साहुसँगै जानुपर्छ’, उनी भन्छन्, ‘हाम्रो बाध्यताको फाइदा उठाउँदै मनपरी कागज बनाउने र चर्को ब्याज असुल्छन्। पूरै जीन्दगी ब्याज तिर्दै जान्छ।’

No description available.

उनीहरू ठाउँमा विवाह, ब्रतबन्ध, बिरामी पर्दा होस या विदेश जाँदा साहुकै ऋण लिन बाध्य छन्। उनले आफ्नो ठाउँका पाँचसय परिवारको जग्गाको लालपूर्जा बानियाँसँग रहेको बताए। जग्गा साहुकोमा हुँदा उनले कुनै आम्दानीको काम गर्न पाएका छैनन्। राज्यले यस्ता मिटरब्याजी साहुलाई कारबाही गरेर गरिबलाई न्याय दिलायनुपर्ने माग गुप्ताको छ। 

‘राज्य साहुले बन्दकी राखेका हाम्रा लालपूर्जा दिलाउनुपर्छ। चर्को ब्याजबाट असुलेको रकम पनि फिर्ता गर्नुपर्छ। एक लाख ऋण लिएर करोडौंको जग्गा रोकिएको छ। हामीले केही काम गर्न पाएका छैनौं’, उनी भन्छन्। उक्त गाउँका सबैलाई गरी बानियाँ दाजुभाईले ४५ लाखजति ऋण दिएको उनले बताए। तर, त्यसवापत साहुले एक अर्ब बढी मूल्यको जग्गाको लालपूर्जा कब्जा गरेका छन्। उनले गाउँमा ऋण तिर्न नसकेरै हृदयघातबाट गाउँमा चार जनाको मृत्यु भइसकेको जानकारी दिए।

No description available.

‘न्यायका लागि प्रशासन, मानवअधिकारमा पनि गयौं। तर, त्यहाँबाट हामीलाई न्याय मिलेन। यस्ता ठगलाई त राज्यको कानुले पनि छुन नसक्ने रहेछ’, उनले दुःखेसो पोखे। आन्दोलन नगरेसम्म न्याय नपाइने भएकाले कामकाज सबै छाडेर काठमाडौं आएको उनको भनाइ छ। 

यस्तै सहेवु नेसाको श्रीमानको हृदयघातबाट भएर मृत्यु भएको तीन वर्ष भयो। उनका श्रीमान हृदयघातमा पर्नुको एउटै कारण हो चर्को मिटरब्याज! उनका श्रीमानले साहुसँग एक लाख ८० हजार ऋण लिएका थिए। ऋणको सट्टामा साहुले १८ कट्ठा जमिन धितो राखे। ऋण तिर्न नसकेपछि साहुले उक्त जग्गा बेचिदिए। ‘हाम्रो जग्गा बिक्रीबाट साहुले ३६ लाख रुपैयाँ उठाए, तर हामीलाई दिएनन्। न हामीले जग्गा पायौं न जग्गा बिक्रीबाट आएको रकम नै। त्यहि तनावका कारण पनि हृदयघाटबाट मेरा श्रीमानको मृत्यु भयो’, उनी भन्छिन्। 

No description available.

यसरी साहुको तनावले मर्नुभन्दा बरु आन्दोलनमा राज्यले चलाउने गोली लागेर मर्नु उचित लागेको उनको भनाइ छ। ‘हाम्रा माग पूरा नभएसम्म घर फर्किन्नौं। बरु आन्दोलन चर्काउँछौं। साहुको तनावले मर्नुभन्दा बरु राज्यले हामीमाथि गोली चलाओस्’, उनले दुःखेसो पोखिन्।

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले नेम्वाङ र राईलाई पक्राउ गर्न पुर्जी जारी गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध... शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा शुक्रबार जोशी र पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको ह... शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार साँझ उक्त सडक खण्डमा झन्डै १०० मिटर भाग चर्किएको र २० मिटर सडक खण्ड भासिएपछि सवारी आवागमन रोकिएको हो । शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा शुक्रबार, असोज २३, २०८३
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्