काठमाडौं– नागरिकता विधेयकमा सहमति जुटाउन गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्द शर्मा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्।
बजेट पारित भएलगत्तै नागरिकता विधेयक पेस हुने भन्दै सरकारले भनिरहेको अवस्थामा गृहमन्त्री र कानुनमन्त्री प्रमुख प्रतिपक्ष दलका नेता ओलीसँग कुरा गर्न पुगेका हुन्।
नागरिकता विधेयक लामो समयदेखि संसद्को राज्य व्यवस्था समितिबाट पारित भएर प्रतिनिधि सभामा विचाराधीन रहेको छ। संसद्मा विचाराधीन उक्त विधेयक पारित नहुँदा नागरिकता लिन समस्या भएको भन्दै आलोचना भइरहेको छ।
त्यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक र निजामती कर्मचारी सम्वन्धी विधेयक पनि सरकारले पेस गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।