• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

शेन वार्न : स्पिन बलिङका ‘जादूगर’

64x64
नेपाल लाइभ शनिबार, असार ४, २०७९  ०७:२१
1140x725

काठमाडौं– ‘मैले आजसम्म शेन वार्नजस्तो शालिन बलर भेटेको छैन। उनी विश्व क्रिकेटका यस्ता बलर हुन्, जसलाई आफ्नो हात र औंलामा निकै विश्वास थियो। उनी यसको मद्दतले निर्जीवभन्दा निर्जीव क्रिजमा पनि बल मजाले घुमाउन सक्थे।’

अस्ट्रेलियाका ख्यातिप्राप्त कप्तान रिची बेनोले शेन वार्नको प्रशंसामा खर्चिएका शब्द यस्तै थिए। वास्तवमै शेन वार्न जस्तैसुकै क्रिजमा पनि बल सहजै घुमाएर ब्याटरलाई चक्मा दिन खप्पिस थिए। यही कलाका कारण उनले १५ वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा ‘राज’ गरे। उनले १४५ टेस्टमा ७०८ विकेट तथा १९४ एकदिवसीय अन्तर्राष्ट्रियमा २९३ विकेट लिए। 

सन् २००७ मा इंग्ल्यान्डविरूद्ध अन्तिम टेस्ट खेल्दा उनी विश्व क्रिकेटमै सर्वाधिक विकेट लिने बलर भएका थिए। तर, कीर्तिमान न हो, जो तोडिनका लागि बन्छन्। उनको हकमा पनि त्यही भयो। उक्त कीर्तिमान श्रीलंकाका मुथैया मुरलीधरनले तोडे। 

मुरलीधरनको ‘स्पीन जादू’ पनि गजबको थिए। वार्न पनि उनको बलिङको खुलेरै तारिफ गर्थे। विश्वभरका क्रिकेटरहरू मुरलीधरनको उक्त कीर्तिमानबारे अहिले पनि कुरा गर्छन्, मैदान बाहिर र भित्र। तर, लोकप्रियताको मामिलामा वार्न सधैं मुरलीधरनभन्दा अगाडि छन्। उनीहरूबीच त्यसभन्दा ठूलो भिन्नता भनेको वार्न ‘लेग स्पिन’बाट चम्किए भने मुरलीधरन ‘अफ स्पिन’बाट।

कानमा कुण्डल र हलिउड कलाकारजस्तै फेसन गर्ने शैलीले वार्नलाई जो कोहीले क्रिकेटर भनेर पत्याउनै मुस्किल पर्थ्यो। उनी रोमान्स, लागुऔषध दुव्र्यसनी र घुसजस्ता विवादमा धेरैपल्ट मुछिए, मिडियाको हेडलाइन बने। तर, क्रिजमा उत्रिँदा भने बलिङकै कारण चर्चामा रहे।

क्रिकेटमा वार्नको जस्तो बलिङ शैली क्लेरी ग्रिमेटले भित्र्याएका थिए। सन् १९२५ मा पहिलो पल्ट अस्ट्रेलियाली टोलीबाट टेस्टमा डेब्यू गर्दै गर्दा ग्रिमेटले घुमाउरो पाराले फ्याँकेको बललाई हत्तपत्त जो कोही ब्याटरले प्रहार नै गर्न सक्दैनन् थिए। त्यसैले उनको बलिङ शैलीलाई त्यसबेला निक्कै चाखलाग्दो रूपमा लिइन्थ्यो। 

११ वर्षे क्रिकेट करिअरमा ग्रिमेटले यो कला मैदानमा मात्रै नदेखाएर पहिचान नै स्थापित गरे। उनले सबैभन्दा पहिले २०० विकेट पूरा गर्ने कीर्तिमानसमेत राखे। त्यसपछि यस्तै शैलीमा बलिङ गर्ने अर्का बलर उदाए, भारतका बिसनसिंह बेदी।

nimb
nimb
Ncell 2
Ncell 2

उनले यसलाई चर्चाको चुचुरोमा पुर्‍याए। त्यस्तै, पाकिस्तानका अब्दुल कादिरले सन् १९८० को दशकको अन्त्यसम्म यसको लोकप्रियता यथावत् राखे। तर, उनको सन्यासपछि ९० को दशकको सुरूआतसम्म यो कलाको राम्रो प्रयोगकर्ता भेटिएन। 

यसबीच भारतका नरेन्द्र हिरवानीले बेदी र कादिरको पदचिह्न पछ्याउने प्रयास नगरेका होइनन्, तर उनी सफल भएनन्। बीचका अरु धेरै लेग स्पिनरको अग्निपरीक्षा भयो। यस अवधिमा एकमात्र सफल लेग स्पिनर जन्मिए, अस्ट्रेलियाका शेन वार्न। 

जबसम्म उनले क्रिकेट खेले, आफ्नो घुमाउरो बलले ब्याट्सम्यानलाई चकित पारे। खेल मैदानबाहिर उनको ‘फ्यान फलोइङ’ले विश्वभरका अन्य सेलेब्रिटीहरूलाई समेत पछाडी छाड्यो। वार्नको बलिङको रनअप र शैली बिल्कुलै नौलो थियो। उनले ग्रिमेटको शैलीलाई परिवर्तन गर्दै सुन्दर र ‘स्टाइलिस’ बनाएका थिए। त्यसबाहेक विकेटका लागि अपिल गर्ने र उत्सव मनाउने शैलीले पनि उनलाई क्रिकेटको ‘सुपरस्टार’ बनाइदियो। 

वार्न स्कुले जीवनमा एथलेटिक्सका राम्रा खेलाडी थिए। पछि फुटबलमा पनि होम्मिए। तर, क्रिकेटमा सफलता पाउन थालेपछि निर्धक्क यता लागे। वार्नको करिअरको पहिलो टेस्ट भने उनका लागि दुःस्वप्नजस्तै भयो। 

भारतीय पूर्वक्रिकेटर रवि शास्त्रीले उनलाई निक्कै दुःख दिए। उनले उक्त खेलमा दोहोरो शतक बनाएका थिए भने १८ वर्षीय सचिन तेन्दुलकरले अविजित १४८ रनको इनिङ्स खेलेका थिए। यी दुईको अगाडि वार्न निरीह देखिए। वार्नले आफ्नो पुस्तका ‘नो स्पिन’मा लेखेका छन्, ‘मैले शास्त्रीलाई ६६ रनमा जीवनदान दिएँ। उनले हावामा प्रहार गरेको बललाई समात्न सकिनँ, यो मेरो लागि धेरै महँगो साबित भयो। तेन्दुलकर १८ वर्षका थिए, तर उनी ८ वर्षको जस्तो देखिन्थे। उनीहरूले मेरो बलमा निक्कै खुलेर खेले।’

वार्नले १५० रन खर्चेर शास्त्रीलाई २०६ रनमा आउट गर्न सफल भए। तर, उक्त खेल जिताउन सकेनन्। त्यसैले उनले आफ्नो ‘डेब्यू’ खेललाई उपलब्धिमूलक मान्दैन थिए। तर, शास्त्री उनको खेलबाट त्यो बेला निक्कै प्रभावित भएका थिए। उनले हालै प्रकाशित आफ्नो पुस्तक ‘स्टार गेजिङ’मा लेखेका छन्,‘म आउट भएपछि उनले मलाई पेभिलियनतर्फ देखाएर विकेट लिएको उत्सव मनाए। उनी एक मौखिक स्प्यारिङ बलर थिए।’

पहिलो सिरिजको असफलतापछि उनी श्रीलंका भ्रमणमा निस्किए। युवा जोश र उनको बलिङ गर्ने शैलीले अस्ट्रेलियाली टोलीका कप्तान एलन बोर्डर निक्कै प्रभावित भएका थिए। तर, यहाँ पनि उनको प्रदर्शन सोचेजति राम्रो हुन सकेन। उनको बलिङबाट प्रभावित श्रीलंकाका पूर्वब्याट्सम्यान दिलिप मेन्डिसले भ्रमणकै क्रममा वार्नको बलिङको खुलेर प्रशंसा गरेका थिए।

सन् १९९३ मा एसेस सिरिजका लागि इंग्ल्यान्डको भ्रमणमा निस्किँदा अस्ट्रेलियाको छनोट समितिले फेरि उनीमाथि विश्वास गर्यो। उनी यसअघि दुई टेस्ट सिरिजको खराब प्रदर्शनपछि पनि अस्ट्रेलियाली टोलीमा पर्न सफल भएका थिए।

उनले ओल्ड ट्राफोडको पहिलो टेस्टमै ख्यातिप्राप्त इंग्लिस ब्याट्सम्यान माइक गेटिङलाई ‘अकल्पनीय’ बलमा बोल्ड गरे, जुन अहिले पनि क्रिकेटको बाइबल मानिने ‘विज्डन’ पत्रिकामा ‘बल अफ दि सेन्चुरी’ का रूपमा दर्ता छ। वार्नले माइकको अगाडि फ्याँकेको उक्त बल सुरूमा सीधा गइरहेको जस्तो देखिन्थ्यो। तर, बलले हावामा दिशा बदलिएर माइकको लेग स्टम्पमा ठोक्कियो। अनपेक्षित रूपमा बल ४५ डिग्रीको कोणमा घुमेको थियो।

उनको त्यो बलबाट प्रभावित इंग्ल्यान्डबाट प्रकाशित हुने सन्डे टाइम्सका ख्यातिप्राप्त क्रिकेट समीक्षक रोबिन मार्लरले लेखेका थिए, ‘यो बललाई शताब्दीकै सर्वश्रेष्ठ बलभन्दा गलत हुने छैन।’ तर, जब यो बलको चर्चा हुन्थ्यो तब वार्नले सधैं यसमा आफ्नो कुनै योगदान नभएको बताउने गर्थे र भन्थे– यो तुक्का हो। वास्तवमा, संसारलाई थाहा थियो कि त्यो एक ‘चमत्कार’ थियो, माइकले पनि यसलाई विश्वास गर्न सकेका थिएनन्। वार्न पूरै सिरिजमा इंग्ल्यान्डमाथि हाबी भए र ३४ विकेट लिए। यो टेस्टमार्फत् अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उदय भयो।

पछिसम्म पनि एसेस सिरिज सुरू हुँदा इंग्ल्यान्ड वार्नको बललाई कसरी झेल्ने भन्ने ध्याउन्नमै अल्झिने गर्थ्यो। त्यतिमात्र होइन, यही खेलबाट नै टेस्ट क्रिकेट मैदानमा ‘रिप्ले स्क्रिन’ जडान गर्ने युग सुरू भयो। अस्ट्रेलियाका पूर्वखेलाडी इयान हिलीका अनुसार त्यति बेला वार्नको बलको ‘रिप्ले’ मैदानमै उभिएर सम्पूर्ण टोलीले हेरेका थिए। पछि ‘ड्रेसिङ रूम’मा समेत हरेक कोणबाट अस्ट्रेलियाली टोलीका खेलाडीलाई १० पटक रिप्ले देखाइएको थियो। उनी वार्नको त्यस बललाई ‘चमत्कारिक’ भन्छन्।

त्यसपछि वार्नले पछाडी फर्केर हेर्नुपरेन। उनी ८–९ वर्षको करिअरपछि कल्पना गर्न नसकिने ठाउँमा पुगे। एसेस सुरू हुनुअघि पूर्वइंग्लिस ब्याट्सम्यान वार्नको बल खेल्न इंग्ल्यान्डमै विशेष अभ्यासमा व्यस्त रहन्थे। इंग्ल्यान्डले सन् १९९५ को एसेस सिरिजमा यस्तै खास तयारी गरेको थियो। तर, इंग्लिस टोली उनको अगाडी पूरै ‘फ्लप’ भयो। वार्नले ब्रिजबनको पहिलो टेस्टमै ११ विकेट लिए भने मेलबर्न टेस्टमा ‘ह्याट्रिक विकेट’ लिँदै अस्ट्रेलिया र इंग्ल्यान्डबीचको पारस्परिक एसेसको ९० वर्ष लामो इतिहासमा कीर्तिमान नै कायम गरे। उनले यो सिरिजमा अस्ट्रेलियालाई दुई टेस्ट जिताउन इंग्लिस ब्याट्सम्यानलाई बाँधेर राखेका थिए। उनले पूरै सिरिजमा २७ विकेट लिए। 

उनको त्यो प्रदर्शनपछि इंग्ल्यान्डका अर्का ख्यातिप्राप्त ब्याट्सम्यान ग्राह्म गुचले टेलिग्राफ पत्रिकामा लेखे, ‘भारतका बिसनसिंह बेदीपछि म अरू कुनै बलरबाट प्रभावित छु भने त्यो नाम हो, शेन वार्न। उनी बललाई मज्जाले टर्न गराउने क्षमता राख्छन्। धेरैपल्ट मैले उनको बल तीव्र टर्न भएको महसुस गरेको छु। उनी आफ्नो बलको गतिलाई परिवर्तन गराउन सक्छन्। उनी गुड लेन्थबाट पनि बललाई एकाएक बाउन्स गराउँछन्। उनको बलमा ब्याट्सम्यान अचम्मित हुनेबाहेक अरू केही गर्न सक्दैनन्।’

वास्तवमा वार्न जुनसुकै पिचमा बल मज्जाले घुमाउन सक्थे। उनमा एकाग्रता त छँदैथियो, बललाई नियन्त्रणमा पनि राख्न सक्थे। छोटो रनअपमा पनि बाउन्स गराउन सक्ने खुबी राख्ने वार्नको अर्को विशेषता थियो, बललाई ‘फ्लाइट’ गराउनु। 

सन् १९९५ मा अस्ट्रेलिया क्यारेबियन भ्रमणको तयारीमा थियो। वार्न भने औंलामा लागेको चोटका कारण खेल जीवनबाटै सन्यासको नजिक पुगेका थिए। तर, तत्कालीन प्रशिक्षक ज्योफ मार्सले उनलाई मैदानबाट बाहिर जान दिएनन्। यो भ्रमणमा वेष्ट इन्डिजलाई उसैको घरेलु मैदानमा हराएर अस्ट्रेलियाले नयाँ इतिहास रचेको थियो। सिरिजको ४ टेस्टमा वार्नले १५ विकेट लिए। उनी क्यारेबियन भ्रमणमा म्याग्रापछि बढी विकेट लिने अस्ट्रेलियाली बलर बन्न पुगे।

वार्नलाई ठूला खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन कसरी गर्ने भन्ने थाहा हुने बलरको रूपमा चिनिन्छ। सन् १९९९ को विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकाको टोली २१४ रनको लक्ष्य पछ्याउँदै बलियो स्थितिमा अघि बढेको बेला वार्नले एकपछि अर्को गर्दै तीन विकेट लिएर टोलीलाई च्याम्पियन बनाएका थिए।

इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको हरेक भिडन्त वार्नका लागि सबैभन्दा उपल्ब्धिमूलक मानिछ। उनले यो सिरिजमा लगातार १४ वर्षसम्म इंग्ल्यान्डका ब्याटरलाई चल्न दिएनन्। इंग्ल्यान्डविरूद्ध मात्र उनले टेस्ट करिअरमा १९५ विकेट लिए। यो कुनै पनि बलरले कुनै देशविरूद्ध लिएको सर्वाधिक विकेट हो। यसबाहेक उनले दक्षिण अफ्रिकाविरूद्ध पनि १३० विकेट लिएका छन्।

वार्न झण्डै १५ वर्षसम्म अस्ट्रेलियाली क्रिकेटको स्तम्भ बने। यस अवधिमा ग्लेन म्याकग्रासँगको उनको जोडीले विश्वभरका ब्याटरलाई दुःख दिइरह्यो। उनीहरूले समग्रमा एक हजार २८१ विकेट लिएका छन्। यही बेला विश्व क्रिकेटमा अस्ट्रेलियाको दबदबा कायम थियो र अझै यथावत् छ।

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  ०७:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ
कालीमाटीमा कुन तरकारी–फलफूल कति ? हेर्नुहोस् आजको मूल्य
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
सम्बन्धित सामग्री
नेपाल र बंगलादेश हाई पर्फर्मेन्स भिड्दै नेपालले टप एन्ड टी–२० सिरिजमा शनिबार बंगलादेश हाई पर्फर्मेन्स ११ को सामना गर्दैछ। शनिबार, भदौ ६, २०८३
टप एन्ड टी–२० : टप अर्डर नचल्दा एनटी स्ट्राइलाई नेपालले दियो १२३ रनको सामान्य लक्ष्य नेपालको टप अर्डर कोल्याप्स हुँदा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रनमै समेटियो । नेपालका लागि पवन सर्राफले मात्र सर्वाधिक ४१... शुक्रबार, भदौ ५, २०८३
पछिल्ला दुई सिजनमा ३२ लाख डलर बढी घाटा व्यहोरेको बीपीएल यस वर्ष नहुने अघिल्ला संस्करणमा देखिएका म्याच फिक्सिङ र भ्रष्टाचारका आरोपलगायत विभिन्न समस्याका कारण यस वर्ष प्रतियोगिता आयोजना नगर्ने निर्णय गरिए... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ शनिबार, भदौ ६, २०८३
कालीमाटीमा कुन तरकारी–फलफूल कति ? हेर्नुहोस् आजको मूल्य शनिबार, भदौ ६, २०८३
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ शनिबार, भदौ ६, २०८३
लुभुमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना, चार जना घाइते शनिबार, भदौ ६, २०८३
गरिमा चौधरीको हत्याको निष्पक्ष छानबिन गर्न उनेपाको माग शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
देउवा–खड्काको रिटमा सर्वोच्च प्रशासनले भन्यो– ‘सोमबार आउनुस्’ शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्