• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधि सभा : शून्य समयमा कुन सांसदले के भने?

64x64
नेपाल लाइभ शुक्रबार, असार ३, २०७९  १६:३८
1140x725

काठमाडौं- प्रतिनिधि सभा सांसद अतहर कमाल मुसलमानले अमेरिकाको स्टेट पाटर्नरसिप कार्यक्रमलाई सूर्यप्रसादको प्रोप्रोगाण्डा नामकरण गर्न सरकारसँग माग गरेका छन्। उनले शुक्रबार संसद्को शून्य समयमा बोल्दै हस्ताक्षर गरेको पत्र बाहिर आएकाले संसद्‍मा एसपीपीका विषयमा सत्तापक्षलाई चुनौती दिने सांसदले चुनौती स्वीकार गर्न आग्रह गरे। 

'हिजो संसद्‍मा एसपीपीका विषयमा सत्तापक्षलाई चुनौती दिने काम गरियो। एक घण्टा पश्चात् नै पत्र सार्वजनिक भएको छ। २०१७ कै हो । चुनौतीका विषयहरु अगाडि बढाउनु हुन्छ की हुँदैन। चुनौती दिने सांसदले चुनौती स्वीकार गर्नु राम्रो  हुन्छ। एसपीपीका बारेमा स्टेट पाटर्नरसिप कार्यक्रम नामकरण गरियो। मेरो प्रस्तावमा यसको नाम सूर्यप्रसादको प्रोप्रोगाण्डा नामकरण गरियोस्।’

सांसद अमृता थापाले प्रमुख प्रतिपक्ष दलका नेताहरुको नैतिकता हराएको बताइन्। 

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा अमेरिकाको स्टेट पाटर्नरसिप प्रोग्राममा प्रधानसेनापतिले पत्राचार गरेको र ओली सरकारका रक्षा मन्त्रीले गठबन्धनको नेतालाई चुनौती दिने कुरा नैतिकताले नदिने बताइन्। 

सांसद थापाले सांसद्‍मा बोलेको कुरा रेकर्डबाट हटाउनु पर्ने माग गरिन्। प्रमुख प्रतिपक्षले आफैं गल्ति गरेर आफैँ निहुँ खोज्ने काम गरेको उनको भनाइ छ।

 'राजनीतिमा नैतिकता हराएपछि के हुन्छ सभामुख महोदय, जब पानीमा एच टु हटेपछि पानी रहन्छ र? रहन्न माननीय केपी ओली २०७२ असोज प्रधानमन्त्री बन्नुभयो। प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकाको स्टेट पार्नरसिप प्रोगामबारे २०७२ कात्तिक १० गते पत्रचार गर्नु र सोही सरकारका रक्षा मन्त्रीले संसदमा गठबन्धनको नेतालाई ठाडो चुनौती दिने कुन नैतिकताले दिन्छ? कि थाहा नभएको विषय बोल्नु नै भएन। सांसदमा बोलेको कुरा रेकर्डबाट हटाउनुपर्छ। आफैँ गल्ति गर्ने आफैँ निहुँ खोज्ने यो के प्रवृति हो? जिम्मेवार हुनु भनेको भएको गल्ति सच्याउनु हो।’

सांसद आशाकुमारी बिकले देशमा गरिब, महिला, बालबालिका र दलितको लागि न्याय हराउँदै गएको बताइन्। उनले अब नेपाली चेली न्याय खोज्न जाने बाटो सरकारले देखाइदिनु पर्ने माग गरिन्। 

सांसद बिकले कञ्चनपुरका सुशील चटोरविरुद्ध १३ वर्षीय बालिका बलात्कार मुद्दा हेरि रहेकी ललितपुरकी सरकारी वकिल संगिता थोकरलाई मुद्दा कमजोर बनाउन नमानेको भन्दै सरुवा गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराइन्। 

nimb
nimb

तत्काल बलात्कार घटनाको सत्यतथ्य छानबिन गरी न्याय दिन सरकारसँग उनले माग गरिन्। 

सांसद उमाशंकर अरगरियाले मधेस आन्दोलनका बेला सरकारले बनाएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे। मधेश आन्दोलनको ठूलो दल, मधेसमा बलियो संगठन भन्ने दलसमेत यो सरकारमा हुँदा समेत सांसदहरुले बारम्बार प्रश्न उठाउँदा सार्वजनिक नभएको उनको भनाइ थियो। 

सांसद अरगरियाले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्नु मधेशी र थारुमाथिको ठूलो विभेद भएको बताए। 

सांसद खगराज अधिरकारी एसपीपीको लागि सेनाले पठाएको पत्र कसको मातहतमा गएको हो छानबिन गर्न आफूहरु तयार रहेको बताए। 

उनले यो प्रस्ताव मान्न सत्तापक्षका सांसदहरु तयार हो भनेर प्रश्न गरे।  सांसद अधिकारीले त्योबेलाका प्रधानमन्त्री सुशील कोइरालाले लेखेको पत्र सार्वजनिक गर्न चुनौतीसमेत दिए। केपी ओलीले पठाएको पत्र भए ल्याउन चुनौती दिँदै त्यो पत्र सुशील कोइराला सरकारको पालमा भएको दाबी गरे। 

सांसद गजेन्द्रबहादुर महतले गत वर्ष जुम्लामा गएको बाढीले जग्गा बगाएको तर अहिलेसम्म त्यहाँका किसानले राहत नपाएको गुनासो गरे। अहिले त्यहाँका किसान धान रोप्न नपाएर रोइरहेको उनको गुनासो थियो। सांसद महतले गत वर्षको बाढीले किसानको घर,जग्गा बगाएको तर सरकारले किसानलाई पेन्सन दिनेकुरा गरेको बताए। 

सांसद गणेशकुमार पहाडीले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा करका दर हेरफेर गर्न सुब्बा र सिए भित्र राखिएको विषयमा संसद्को ठूलो दलले उठाएको विषयलाई वास्ता नगरी सांसदको कामकारबाही अगाडि बढाउनु संसदीय इतिहासमा गम्भीर भूल हुने बताए। प्रतिपक्षले उठाएका विषयलाई बेवास्ता गरेर संसदीय व्यवस्थालाई कमजोर नबनाउन सभामुखलाई उनले आग्रह गरे। सांसद पहाडीले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरे। 

सांसद गोपालबहादुर बमले संसदको शून्य समयमा सभामुखले सुन्ने र सांसदहरुले भनिराख्ने काम मात्रै भएको बताए। सांसदले संसद्‍मा उठाएका समस्या सरकारले सुनेर कार्यान्यवन गर्ने काम नगरेको उनको गुनासो थियो। 

विगत चार वर्षदेखि जिल्लाका समस्याका विषयमा कुरा उठाएपनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उनको गुनासो छ। 

सांसद जिपछिरिङ लामाले नागरिकता विधेयक तत्काल संशोधन गरेर सबै राजनीतिक दलसँग सहमति गरेर सबै नागरिकले नागरिकता पाउने व्यवस्था गर्न सरकारसँग माग गरे। उनले अहिले रहेको दुई किसिमको निर्वाचित र समानुपातिक निर्वाचन प्रणाली परिर्वतन हुनुपर्ने बताए। सांसद लामाले समानुपातिक सांसदलाई बजेट पास गर्ने कोरम पुर्‍याउने मात्रै काम भएको बताए। 

उनले निर्वाचन प्रणाली संशोधन गरेर ८० प्रतिशत सांसद निर्वाचित र २० प्रतिशत मात्रै समानुपातिका प्रणाली लागू गर्न माग गरे।

सांसद झपटबहादुर रावलले अहिलेको गठबन्धनको सरकार काण्डैकाण्डको सरकार भएको टिप्पणी गरे। 

उनले सभ्य समाजको विकास गर्नको लागि संस्कृतिको संरक्षण गर्नुपर्ने तर मुलुकका पर्यटन तथा संस्कृति मन्त्रीले सर्वसाधरण र आफू मातहतका कर्मचारीलाई गरेको व्यवहारले नेपालको सभ्यताको बेइज्जत गरेको बताए। 

सांसद रावलले सरकारका गाली शिरोमणीको उपमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई दिनुपर्ने बताए। 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १६:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन?
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी
सम्बन्धित सामग्री
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय यी केन्द्रबाट आइतबार मात्रै ३, ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्रीको सचिलायले जनाएको छ । सचिवालयका अनुसार न... आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले दिए पाँचौं दिनको रिपोर्ट, सरकारले गरेका आठ बुँदे कामको फेसबूकबाट प्रचार उनले आइतबार साँझ आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट पाँचौं दिनसम्म आइपुग्दा बाढी प्रभावित क्षेत्रमा सरकारले गरिरहेका कामकारबाहीबारे जान... आइतबार, भदौ १४, २०८३
बालेन सरकारबारे बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिले गरे रविसँग गुनासाे छलफलमा प्रभावित जिल्लाका प्रतिनिधिहरुले सरकार र प्रधानमन्त्रीको कामकारबाहीबारे सभापति लामिछानेसँग गुनासो पोखेका छन् । आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय आइतबार, भदौ १४, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? आइतबार, भदौ १४, २०८३
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी आइतबार, भदौ १४, २०८३
नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्