काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वुद्धिजीवीले कुरै नबुझी उफ्रि-उफ्रि नागरिकविरुद्ध भाषण गरेको आरोप लगाएका छन्।
एमालेका स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले वुद्धिजीवी पढेलेखेका हुने भए पनि मुख्य कुरा थाहा नपाउने खालका भएको आरोप लगाए।
‘गाउँघरतिर उखान छ। चिनीमा माउ किरा लागेपछि सबै खान्छ। त्यसमा कति ग्रह हुन्छ थाहा हुँदैन’, उनले भने, ‘हाम्रा बुद्धीजीवी पनि यस्तै छन्। यो कुरा थाहा पाउँदैनन् अनि माइक पाएमा राजतन्त्र चाहिन्छ भनेर उफ्रि उफ्रि बाल्ने गरेका छन्।’
उनले नागरिकको छोरा छोरी हुनै हुँदैन भनेर भन्नेहरुले कसरी पढे लेखेका वुद्धीजीवीले भन्न सकेका होलान् भन्दै एमालेको बिरोध पनि यस्तैमा हुने गरेको बताए।
उनले एमालेले राजनीति देशको मुहार फेर्न गरिरहेको बताए। उनले जनताको अवस्थामा ठूलो परिर्वतन ल्याउन काम गरिहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।