काठमाडौं– नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले २० बुँदे काठमाडौं संकल्प जारी गरेका छन्।
काठमाडौंमा दुई दिनदेखि जारी प्रशिक्षण कार्यक्रमको अन्तिम दिनन शुक्रबार संकल्प जारी गरेका हुन्। उनीहरुले शासक नभइ जनताका सेवक हुने संकल्प पहिलो नम्बरमा गरेका छन्।
यसैगरी आफूहरुको नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमुना बन्ने, सदाचारमा आफू नमुना बन्ने तथा आफूले कुनै भ्रष्टाचार नगर्ने र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने संकल्प प्रस्तावमा उल्लेख छ।
सेवाग्राहीलाई सहज, छरितो र सुलभ सेवा पुर्याउनुलाई कर्तव्यमा रूपमा लिएर यसका लागि सेवा प्रवाहलाई प्रविधिमैत्री, बिना झन्झटिलो र पारदर्शी बनाउन लागिरहने बताइएको छ।
यस्तो छ २० बुँदे काठमाडौं संकल्प

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।