काठमाडौं– नेकपा एमालेले संसद्मा विरोध जनाउँदा पनि संसदीय कामकारबाही नरोकेको भन्दै नेकपा एमालेका सांसद गणेश पहाडीले सभामुख अग्निप्रसाद सापकोटालाई संसदीय मर्यादा सम्झाएका छन्।
उनले भने, ‘अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा घुसाएर करको दायरा हेरफेर गराएर कमजोरी गर्नुभएको छ। यो विषयमा गम्भीर हुनुको सट्टा बेवास्ता गरी संसदीय कामकारबाही अघि बढाइएको छ। जीवनको उत्तरार्धमा विगतलाई हेरेर पछुताउनुपर्ने दिन नआओस्।’
उनले एमाले संसद्कै ठूलो दलले बहिष्कार गरेर विरोध जनाउँदासमेत सभामुखले पेल्न खोजेको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरे।
यसैगरी शून्य समयमै बोल्ने अर्का एमाले सांसद घनश्याम खतिवडाले उक्त गम्भीर घटना ढाकछोप गर्न खोजिएको आरोप लगाए। उनले प्रश्न गरे, ‘यति गम्भीर घटनालाई किन ढाकछोप गरिँदैछ? अर्थमन्त्रीको राजीनामा कहिले आउँछ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।