• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक १, २०८२ Sat, Oct 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

प्रिय मोटरसाइकल

गोविन्द भट्टराई शनिबार, असार ४, २०७९  ११:०२
1140x725

मलाई दिन याद छैन, सम्झना ताजा छ। ऊसँग मेरो एघार वर्षअगाडि भेट भएको। आकस्मिक र संयोगबस्। ताजै छन् ऊसँगका स्मरण। सुख दुःखका सम्झना। 

संकटकालको बेला उसकै भरोसाले म रातभरिमा काठमाडौंबाट पटकपटक झापा पुगेको छु। आफूभन्दा ऊप्रति ज्यादा विश्वास। वर्षे झरी होस् या चिसो ठिही मलाई ऊजति प्रिय कोही लागेन। ऊसप्रति इमान्दार बन्न सिकायो। सम्बन्ध व्यवहार होस् या विश्वास दुवैमा उम्दा थियो। त्यसैले आरिसै गर्थे उसको र मेरो ‘यार’को। उसैले जोस्याएर धौलागिरी दर्शन गरायो। लाटीकोइली, बुलबुले ताल मैले किताबमा मात्र देखेथें। ऊ नभएको भए यो जुनीमा किताबमै चित्त बुझाउनुपथ्र्याे। थाहा छ? कतिपटक उसले मलाई मृत्युको मुखबाट बचाएको छ। अचम्म! जानेर बचायो कि नजानेर कहिल्यै बताएन। 

एघार वर्षमा अघिल्ला चारवर्ष उसँगको सम्बन्ध ‘अवैध’ जस्तो थियो। किनकि, त्यतिबेला मेरो ‘योग्यता’ पुगेको थिएन। समाज, परिवार, सरकारबाट स्वीकृत नभएको। हाम्रो सम्बन्ध विश्वासको जगमा उभिएको थियो र चार वर्षमा कहिल्यै हाम्रो सम्बन्धले वैधानिकता खोजेन। उसले कानुनको सहारामा विश्वासै गरेन भनौं। बरु पछिल्लो ७ वर्षमा भने हामीमा एकाधपटक वैधानिक समस्या उब्जियो। सत्य बोल्नैपर्छ, उसले मलाई दुःख दिने नियत राखेन। आज सम्झदा यो अवस्थामा ल्याउन उसको अतुलनीय योगदान छ। उसलाई बिर्सनु प्यार, त्याग, बलिदान, समर्पण विश्वासलाई कुल्चनु हो। स्वयंलाई कृतघ्न बनाउनु हो।

गोविन्द भट्टराई

सानैमा कल्पना आउँथे। ‘मेरो पनि ऊजस्तासँग संगत भए, आफ्नै ठानेर समीपमा राखे...।’ ओहो! संसारमा सबैभन्दा सुखी र खुसी मानिस मैं हुन्थे  जस्तो लाग्थ्यो। ‘तै ले चिता म पुर्‍याउ छु’ भनेझैँ मेरो कार्यक्षेत्रको कारण बिस्तारै ऊसँग संगत बढ्यो। सुरु सुरुमा दुवै लजायौं। बिस्तारै प्रेमभाव, विश्वास बढ्दै गयो। हामीले सुखदुःख, सपना बाड्यौं। उसलाई सुखभन्दा दुःखै दिएँ। कैयन् कष्ट सहेर मलाई सुखै दियो। सायद हाम्रो सम्बन्धले उसलाई घाटा भयो मलाई नाफा। छ्या, म। उसको मेरो सम्बन्ध नाफा–घाटाको हो र? के यति जानेर उप्रति इमान्दार हुन सकिनँ? अचम्म लाग्छ। 

कैयनपटक निकै कमजोर भएर पनि मलाई सफल बनाइरह्यो। आफ्नो लागि कहिल्यै मागेन। मैले जहिल्यै स्वार्थको लागि उसको अस्तित्व लुट्दै गएँ। निर्धक्कताका साथ निर्लज्जताका साथ।

नुवाकोट–चैनपुर मेरो जन्मगाउँमा थुप्रैपटक उसले पुर्‍याएको छ। दोलखा भीमेश्वर उसकै सदासयतामा पुगें। पश्चिम नेपालको एउटा सामाजिक अभियन्ताको रुपमा उभ्याउन उसले मप्रति गरेको व्यवहार कसैले गर्न सक्छ?

पलपलमा स्वार्थ बोकेर मान्छे हिँडिरहेका बेला, आफ्नो र अर्काे छुट्याउन नसकेर भाइभाइमा मारकाट भइरहेको बेला, विजातीय, विगोत्रीय भैकन उसले मप्रति गरेको व्यवहार परिभाषित गर्ने कुनै शब्द नेपाली शब्दकोशमा छ? 

जनप्रिय राजा जनक र मणिमुकुन्द सेनबारेमा उसकै कारण जान्ने रहर पलायोभन्दा प्रतिगमनकारी नभइएला! अस्थिर र दुःखी भएको मेरो मनलाई कहिले ककनी, कहिले काभ्रे नमोबुद्ध पुर्‍याएर स्थिर बनाएको हो। चाँदनी दोधारा पुग्दा होस् या बर्दियाको जंगलमा बाढी फस्दा, मसँगै रहेर हौसला दिने ऊ नभएको भए आज मेरो स्मृतिमा अर्कैले कलम चलाइरहन्थ्यो कि सायद!

Ncell 2
Ncell 2

नेपालको विकास, रीतिथिति, धर्म-संस्कृति, सभ्यता र इतिहासबारे थोरै मात्र भए पनि मेरो ज्ञानको कारण उही हो। चेपाङको गरिबीदेखि धिमालको इमान्दारितासम्म, गछिया खोलाको श्रमिक बस्तीदेखि महादेव खोलाको बगरसम्मका दुःखद् जीवनीसँग साक्षात्कार गर्ने मौका दिएको हो। म बुद्धु हुँ, उसकै संगतले विद्वान् चिन्न सक्नेसम्म बनायो। प्रेम, सद्भाव, सहयोग, सत्कर्ममा खडेरी परेको बेला सबैमा वर्षादको बाढी चलायो। 

‘म खाउँ, मै लाउँ, सुखसयल मोज मैं गरूँ’ भन्ने भनाइलाई बज्रमुक्का चलायो र थचक्कै बसायो। बाराको अमलेखगञ्ज र कास्कीको लुम्ले आज मेरो दोस्रो घरजस्तै लाग्छन्। कारण उही हो। डडेल्धुरा र डोटीका उकाली र घुम्तीसँगै हामीले दुःख साटेका छौं। कैयनपटक बाटामा आपत् परेकालाई सहयोग गर्न जाँगर दिनु, दुर्घटनामा परेकालाई सारा काम छोडेर अस्पताल पु¥याउनुजस्ता काम उसकै हुन्। उसको कर्मबाट केही सिक्ने प्रयत्न गरे देशले केही राहत पाउँथ्यो की! उसको लागि सबै जात, धर्म, संस्कृति, हिमाल–तराई, पूर्व—पश्चिम एकै थिए। विश्व नै एकखालको घरपरिवार थियो। उसले कहिल्यै एउटा राज्य, उपराज्य, टोल राज्यको चाहना राखेन। आज म एउटा गाउँ राज्यको लडाइँमा रमाउँदैछु। उसले टोकियोदेखि लण्डनसम्म, न्युजिल्यान्डदेखि फिनल्यान्डसम्मलाई आफ्नै घर बनाउन सक्नु कसरी तुलना हुनसक्छ उसको र मेरो! समय पनि कस्तो निर्दयी! 

उसँगको लामो संगतले मलाई पूर्ण ‘नेपाली’ बन्ने बुद्धि दिएनछ है? म खुम्चिँदै गएँ, ऊ फुक्दै गयो। विचार, व्यवहार दुवैमा। म अन्तर्राष्ट्रियवाद पढ्दापढ्दै जातवाद, टोलवाद र घरवाद हुँदै ‘मवाद’मा पुगेँ। ऊ कर्म गर्दागर्दै अन्तर्राष्ट्रियतावादी बन्न पुग्यो। सायद मैले विद्वान् बन्न पढेँ मात्रै। उसले व्यवहारमा उतार्न कर्म गर्‍यो। उसकै संगतले नेपालका इन्जिनियरदेखि ड्राइभरसम्म, करोडपतिदेखि ‘रोडपति’सम्म संगत गर्न पाएको। सडक सुरक्षा, विकास, पर्यटन प्रवद्र्धन र खेलकुदसँग सम्बन्धित केही कुरा सिक्न घच्घच्याएको। 

हाम्रो देश त अलौकिक र सुन्दर देश हो। २०६४ साल चैतमध्यतिर हेटौंडाको सीमा लजमा सुत्ने तरखरमा रहेको मलाई उसले जुरुक्क उठायो र भन्यो ‘सिमभञ्ज्याङको बाटो लागौं यार, तैँले सुन्दरताको अर्थ भेट्नेछस्।’ मैले खुरुखुरु उसले भनेजस्तै गरी मानें। ऊ अघि लाग्यो, मैले पछ्याएँ। रातको सवा १२ बजे दामन पुग्यौं। आकाश खुलेको थियो, तर तारा न चन्द्रमा। अलिक खुला ढिस्कोमा चढेर दायाँतर्फ हेर्दै थिएँ। निकै तलजस्तो केही उज्यालो र बत्ती बलेजस्तो देखियो। सोचेँ, पालुङ होला। तर, अचम्म त्यो न पालुङ बजार थियो, न बत्ती बलेको। त्यो त आकाशमा चम्किरहेको तारा र चन्द्रमा थियो। ओहो! कस्तो अचम्मको देश, कस्तो अलौकिक दृश्य!

कति भाग्यमानी म। चैत्रको मध्यरात, तारा, चन्द्रमाभन्दा माथिजस्तै उभिरहेको ऊ र म। लाग्यो संसारका हजारौंलाई यो दृश्य देखाउन पाए नेपालको कसरी व्याख्या गर्थे होला? सब उसैको संगतको देन थियो। नत्र मजस्तो कुम्भकर्ण सीमा लजमा घुरेकोघुर्‍यै हुन्थे। देवीघाट–गल्छी सडक बन्दै थियो, केही साथीसँगै ऊ र म देवीघाटबाट आउँदै थियौं। रातमाटेटारमा भैंसीको ठूलो हुल आक्रामक ढंगले हमला गर्न आए। सायद उसले तिनलाई जिस्क्यायो कि! कति पनि हरेश नखाई हामीलाई संकटबाट सकुसल पार लगायो। आजसम्म हाम्रो पुनर्जन्म सम्झेर आङै सिरिङ्ग हुन्छ।

खेल पर्यटन, मोटरिङ, टुरिङको सम्भावना उसैले सिकाएको हो। पाल्पाको करुवा होस् या मलेखुको माछा, सप्तरीको खुवा अथवा पोखराको टुसासम्मको स्वाद चखाएको छ। काठमाडौंमा सुतेको म बिहानको चिया खान दुलेगौंडा–खैरेनीटार उसैसँग पुगेको छु। ‘आर्यभञ्ज्याङको घुम्तीमा लेट भयो’ भन्ने गीतले मलाई सानोमा निक्कै प्रभाव पारेको थियो। पोखराबाट आर्यभञ्ज्याङ लाँदै थियो। बिरौटामा साँझको ८ बजे उसले केही खायो, अनि हामी अगाडि बढ्यौं। लगभग साढे दश बज्दा राम्दीघाट पुगेपछि उसलाई सञ्चो भएन मेरै बेवकुफीको कारण। वर्षातको समय रातभर बाटैमा रुझ्ने या अघि बढ्ने? हामी बिस्तारै बढ्यौं।

गीतैले तानेको आर्यभञ्ज्याङको घुम्ती आठघण्टामा हामीले हिँडेरै छिचोल्यौं। माओवादी छापामारले राति जंगलमा तालिम लिँदै गरेको मैले पहिलोपल्ट भेटेको। इलामका सुन्दर चियाबारीमा बिहान बिताउँदा लाग्थ्यो सबैभन्दा खुसी मै छु। हेटौंडानजिक मनकामनाको दर्शन कतिले गरेका छन् हँ? दोलखाको लामाबगर, जिरी, पवित्र लुम्बिनी, जोमसोम आदि ‘स्वर्ग’ जस्तो ठाउँमा उसलाई नभेट्टाएको भए कहिले पुग्थें? ऐतिहासिक जुम्ला, बाल्मीकि आश्रम, अरुण उपत्यका, कञ्चनजङ्घा र रामारोसनजस्ता सुन्दर भूमिमा पुग्न उसैले मलाई निकै कर गरेको हो। ऊ समयभन्दा निकै अगाडि रहेछ, म भने पछाडि। खेलाडी, कलाकार, वकिल, पत्रकार सबै उसका फ्यान। संगीना वैद्यदेखि विज्ञानमन्त्री गणेश साहसम्मलाई उसैले चिनायो। आन्दोलनको बेला एमालेका नेता झलनाथ खनालसँग परिचय थियो। माधवकुमार नेपालसँग राम्रै दोस्ती थियो सायद उसको। मैले सुनेको सुजाता कोइरालासँग निकै राम्रो सम्बन्ध थियो रे। सबै समयमा उसमा अलिकति स्वार्थ, घमण्ड, गैरजिम्मेवारीपन आएन। उसले सबै भूमिकामा आफूलाई अब्बल उभ्यायो। थुप्रैको घरबार बसायो, थुप्रैको ओठमा खुसी ल्यायो। थुप्रैको जीवन कायापलट गर्‍यो। 

जिउँदाको जन्ती बन्यो, मर्दाको मलामी। कतै ऊ ड्राइभर बन्यो, कतै शिक्षक। आफूलाई ट्रेकिङ गाइडको भूमिकादेखि विकासे अभियन्ताको भूमिका, असल प्रेमी र साथीसम्म सबैमा एकैपटक आफ्नो जिम्मेवारी पूरा गर्न सक्यो। व्यापारिक साझेदारदेखि खेलको मूलधारसम्म फिट हुनु भनेको साच्चै इष्र्या गर्नलायक रहेछ ऊ! उसैसँगको यतिको निकटता, महानताको कारण हाम्रो सम्झना ताजै राख्न हरदम म लोभिइरहन्थेँ। तर कसरी? जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ, नेपालमै पहिलोपटक ‘मोटरिङ’ र ‘टुरिङ’को नयाँ खेल सुरु भएको छ। खेलमार्फत् उसको र मेरो मात्र होइन तपाईं सबैको उसँग सम्बन्ध मौलाइरहने अवसर मिलेको छ। आरिस नगर्नुस्। ऊ मेरो मात्र होइन तपाईंहरुको पनि ‘यार’ हो। हिक्मतबहादुर मालीको अध्यक्षतामा स्थापित नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसन (नासा) ले उसँगको सम्बन्ध अझ भावनात्मक, मनोरञ्जनात्मक बनाउने लक्ष्यसमेत लिएको छ। 

प्रिय पाठक, के तपाईं उसलाई चिन्नुहुन्छ? ऊ कोही होइन मेरो, तपाईंको र हाम्रो प्यारो मोटरसाइकल।

(भट्टराईको भर्खरै प्रकाशित पुस्तक ‘कार्ल मार्क्सको कसम’बाट)

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  ११:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई
सामोआविरुद्ध नेपालले दियो २१२ रनको विशाल लक्ष्य
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन
सम्बन्धित सामग्री
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
आज विभिन्न कार्यक्रमका साथ मोती जयन्ती मनाइँदै विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्रकृष्ण कुशे औँसी कै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले... शनिबार, भदौ ७, २०८२
‘उरमाल’ले पायो मदन पुरस्कार, गिरीलाई जगदम्बाश्री मदन पुरस्कार गुठीले काबिमोको चिया टिप्ने मजदूरहरूको कथामाथि लेखिएको उपन्यास उरमाललाई २०८१ सालको मदन पुरस्कार दिने घोषणा गरेको हो। शुक्रबार, भदौ ६, २०८२
ताजा समाचारसबै
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई शुक्रबार, असोज ३१, २०८२
सामोआविरुद्ध नेपालले दियो २१२ रनको विशाल लक्ष्य शुक्रबार, असोज ३१, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
नयाँ पार्टी बनाउने मिराज ढुंगानाको घोषणा, वार्ता समिति गठन शुक्रबार, असोज ३१, २०८२
बेपत्ता छानबिन आयोगका सचिवको सरुवा शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
अमेरिकाबाट फर्किए स्वर्गीय विपीन जोशीका आमा र बहिनी, विमानस्थलमै लिन पुगे इजराली राजदूत बिहीबार, असोज ३०, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्