• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

प्रिय मोटरसाइकल

गोविन्द भट्टराई शनिबार, असार ४, २०७९  ११:०२
1140x725

मलाई दिन याद छैन, सम्झना ताजा छ। ऊसँग मेरो एघार वर्षअगाडि भेट भएको। आकस्मिक र संयोगबस्। ताजै छन् ऊसँगका स्मरण। सुख दुःखका सम्झना। 

संकटकालको बेला उसकै भरोसाले म रातभरिमा काठमाडौंबाट पटकपटक झापा पुगेको छु। आफूभन्दा ऊप्रति ज्यादा विश्वास। वर्षे झरी होस् या चिसो ठिही मलाई ऊजति प्रिय कोही लागेन। ऊसप्रति इमान्दार बन्न सिकायो। सम्बन्ध व्यवहार होस् या विश्वास दुवैमा उम्दा थियो। त्यसैले आरिसै गर्थे उसको र मेरो ‘यार’को। उसैले जोस्याएर धौलागिरी दर्शन गरायो। लाटीकोइली, बुलबुले ताल मैले किताबमा मात्र देखेथें। ऊ नभएको भए यो जुनीमा किताबमै चित्त बुझाउनुपथ्र्याे। थाहा छ? कतिपटक उसले मलाई मृत्युको मुखबाट बचाएको छ। अचम्म! जानेर बचायो कि नजानेर कहिल्यै बताएन। 

एघार वर्षमा अघिल्ला चारवर्ष उसँगको सम्बन्ध ‘अवैध’ जस्तो थियो। किनकि, त्यतिबेला मेरो ‘योग्यता’ पुगेको थिएन। समाज, परिवार, सरकारबाट स्वीकृत नभएको। हाम्रो सम्बन्ध विश्वासको जगमा उभिएको थियो र चार वर्षमा कहिल्यै हाम्रो सम्बन्धले वैधानिकता खोजेन। उसले कानुनको सहारामा विश्वासै गरेन भनौं। बरु पछिल्लो ७ वर्षमा भने हामीमा एकाधपटक वैधानिक समस्या उब्जियो। सत्य बोल्नैपर्छ, उसले मलाई दुःख दिने नियत राखेन। आज सम्झदा यो अवस्थामा ल्याउन उसको अतुलनीय योगदान छ। उसलाई बिर्सनु प्यार, त्याग, बलिदान, समर्पण विश्वासलाई कुल्चनु हो। स्वयंलाई कृतघ्न बनाउनु हो।

गोविन्द भट्टराई

सानैमा कल्पना आउँथे। ‘मेरो पनि ऊजस्तासँग संगत भए, आफ्नै ठानेर समीपमा राखे...।’ ओहो! संसारमा सबैभन्दा सुखी र खुसी मानिस मैं हुन्थे  जस्तो लाग्थ्यो। ‘तै ले चिता म पुर्‍याउ छु’ भनेझैँ मेरो कार्यक्षेत्रको कारण बिस्तारै ऊसँग संगत बढ्यो। सुरु सुरुमा दुवै लजायौं। बिस्तारै प्रेमभाव, विश्वास बढ्दै गयो। हामीले सुखदुःख, सपना बाड्यौं। उसलाई सुखभन्दा दुःखै दिएँ। कैयन् कष्ट सहेर मलाई सुखै दियो। सायद हाम्रो सम्बन्धले उसलाई घाटा भयो मलाई नाफा। छ्या, म। उसको मेरो सम्बन्ध नाफा–घाटाको हो र? के यति जानेर उप्रति इमान्दार हुन सकिनँ? अचम्म लाग्छ। 

कैयनपटक निकै कमजोर भएर पनि मलाई सफल बनाइरह्यो। आफ्नो लागि कहिल्यै मागेन। मैले जहिल्यै स्वार्थको लागि उसको अस्तित्व लुट्दै गएँ। निर्धक्कताका साथ निर्लज्जताका साथ।

नुवाकोट–चैनपुर मेरो जन्मगाउँमा थुप्रैपटक उसले पुर्‍याएको छ। दोलखा भीमेश्वर उसकै सदासयतामा पुगें। पश्चिम नेपालको एउटा सामाजिक अभियन्ताको रुपमा उभ्याउन उसले मप्रति गरेको व्यवहार कसैले गर्न सक्छ?

पलपलमा स्वार्थ बोकेर मान्छे हिँडिरहेका बेला, आफ्नो र अर्काे छुट्याउन नसकेर भाइभाइमा मारकाट भइरहेको बेला, विजातीय, विगोत्रीय भैकन उसले मप्रति गरेको व्यवहार परिभाषित गर्ने कुनै शब्द नेपाली शब्दकोशमा छ? 

जनप्रिय राजा जनक र मणिमुकुन्द सेनबारेमा उसकै कारण जान्ने रहर पलायोभन्दा प्रतिगमनकारी नभइएला! अस्थिर र दुःखी भएको मेरो मनलाई कहिले ककनी, कहिले काभ्रे नमोबुद्ध पुर्‍याएर स्थिर बनाएको हो। चाँदनी दोधारा पुग्दा होस् या बर्दियाको जंगलमा बाढी फस्दा, मसँगै रहेर हौसला दिने ऊ नभएको भए आज मेरो स्मृतिमा अर्कैले कलम चलाइरहन्थ्यो कि सायद!

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको विकास, रीतिथिति, धर्म-संस्कृति, सभ्यता र इतिहासबारे थोरै मात्र भए पनि मेरो ज्ञानको कारण उही हो। चेपाङको गरिबीदेखि धिमालको इमान्दारितासम्म, गछिया खोलाको श्रमिक बस्तीदेखि महादेव खोलाको बगरसम्मका दुःखद् जीवनीसँग साक्षात्कार गर्ने मौका दिएको हो। म बुद्धु हुँ, उसकै संगतले विद्वान् चिन्न सक्नेसम्म बनायो। प्रेम, सद्भाव, सहयोग, सत्कर्ममा खडेरी परेको बेला सबैमा वर्षादको बाढी चलायो। 

‘म खाउँ, मै लाउँ, सुखसयल मोज मैं गरूँ’ भन्ने भनाइलाई बज्रमुक्का चलायो र थचक्कै बसायो। बाराको अमलेखगञ्ज र कास्कीको लुम्ले आज मेरो दोस्रो घरजस्तै लाग्छन्। कारण उही हो। डडेल्धुरा र डोटीका उकाली र घुम्तीसँगै हामीले दुःख साटेका छौं। कैयनपटक बाटामा आपत् परेकालाई सहयोग गर्न जाँगर दिनु, दुर्घटनामा परेकालाई सारा काम छोडेर अस्पताल पु¥याउनुजस्ता काम उसकै हुन्। उसको कर्मबाट केही सिक्ने प्रयत्न गरे देशले केही राहत पाउँथ्यो की! उसको लागि सबै जात, धर्म, संस्कृति, हिमाल–तराई, पूर्व—पश्चिम एकै थिए। विश्व नै एकखालको घरपरिवार थियो। उसले कहिल्यै एउटा राज्य, उपराज्य, टोल राज्यको चाहना राखेन। आज म एउटा गाउँ राज्यको लडाइँमा रमाउँदैछु। उसले टोकियोदेखि लण्डनसम्म, न्युजिल्यान्डदेखि फिनल्यान्डसम्मलाई आफ्नै घर बनाउन सक्नु कसरी तुलना हुनसक्छ उसको र मेरो! समय पनि कस्तो निर्दयी! 

उसँगको लामो संगतले मलाई पूर्ण ‘नेपाली’ बन्ने बुद्धि दिएनछ है? म खुम्चिँदै गएँ, ऊ फुक्दै गयो। विचार, व्यवहार दुवैमा। म अन्तर्राष्ट्रियवाद पढ्दापढ्दै जातवाद, टोलवाद र घरवाद हुँदै ‘मवाद’मा पुगेँ। ऊ कर्म गर्दागर्दै अन्तर्राष्ट्रियतावादी बन्न पुग्यो। सायद मैले विद्वान् बन्न पढेँ मात्रै। उसले व्यवहारमा उतार्न कर्म गर्‍यो। उसकै संगतले नेपालका इन्जिनियरदेखि ड्राइभरसम्म, करोडपतिदेखि ‘रोडपति’सम्म संगत गर्न पाएको। सडक सुरक्षा, विकास, पर्यटन प्रवद्र्धन र खेलकुदसँग सम्बन्धित केही कुरा सिक्न घच्घच्याएको। 

हाम्रो देश त अलौकिक र सुन्दर देश हो। २०६४ साल चैतमध्यतिर हेटौंडाको सीमा लजमा सुत्ने तरखरमा रहेको मलाई उसले जुरुक्क उठायो र भन्यो ‘सिमभञ्ज्याङको बाटो लागौं यार, तैँले सुन्दरताको अर्थ भेट्नेछस्।’ मैले खुरुखुरु उसले भनेजस्तै गरी मानें। ऊ अघि लाग्यो, मैले पछ्याएँ। रातको सवा १२ बजे दामन पुग्यौं। आकाश खुलेको थियो, तर तारा न चन्द्रमा। अलिक खुला ढिस्कोमा चढेर दायाँतर्फ हेर्दै थिएँ। निकै तलजस्तो केही उज्यालो र बत्ती बलेजस्तो देखियो। सोचेँ, पालुङ होला। तर, अचम्म त्यो न पालुङ बजार थियो, न बत्ती बलेको। त्यो त आकाशमा चम्किरहेको तारा र चन्द्रमा थियो। ओहो! कस्तो अचम्मको देश, कस्तो अलौकिक दृश्य!

Xtrem

Xtrem

कति भाग्यमानी म। चैत्रको मध्यरात, तारा, चन्द्रमाभन्दा माथिजस्तै उभिरहेको ऊ र म। लाग्यो संसारका हजारौंलाई यो दृश्य देखाउन पाए नेपालको कसरी व्याख्या गर्थे होला? सब उसैको संगतको देन थियो। नत्र मजस्तो कुम्भकर्ण सीमा लजमा घुरेकोघुर्‍यै हुन्थे। देवीघाट–गल्छी सडक बन्दै थियो, केही साथीसँगै ऊ र म देवीघाटबाट आउँदै थियौं। रातमाटेटारमा भैंसीको ठूलो हुल आक्रामक ढंगले हमला गर्न आए। सायद उसले तिनलाई जिस्क्यायो कि! कति पनि हरेश नखाई हामीलाई संकटबाट सकुसल पार लगायो। आजसम्म हाम्रो पुनर्जन्म सम्झेर आङै सिरिङ्ग हुन्छ।

खेल पर्यटन, मोटरिङ, टुरिङको सम्भावना उसैले सिकाएको हो। पाल्पाको करुवा होस् या मलेखुको माछा, सप्तरीको खुवा अथवा पोखराको टुसासम्मको स्वाद चखाएको छ। काठमाडौंमा सुतेको म बिहानको चिया खान दुलेगौंडा–खैरेनीटार उसैसँग पुगेको छु। ‘आर्यभञ्ज्याङको घुम्तीमा लेट भयो’ भन्ने गीतले मलाई सानोमा निक्कै प्रभाव पारेको थियो। पोखराबाट आर्यभञ्ज्याङ लाँदै थियो। बिरौटामा साँझको ८ बजे उसले केही खायो, अनि हामी अगाडि बढ्यौं। लगभग साढे दश बज्दा राम्दीघाट पुगेपछि उसलाई सञ्चो भएन मेरै बेवकुफीको कारण। वर्षातको समय रातभर बाटैमा रुझ्ने या अघि बढ्ने? हामी बिस्तारै बढ्यौं।

गीतैले तानेको आर्यभञ्ज्याङको घुम्ती आठघण्टामा हामीले हिँडेरै छिचोल्यौं। माओवादी छापामारले राति जंगलमा तालिम लिँदै गरेको मैले पहिलोपल्ट भेटेको। इलामका सुन्दर चियाबारीमा बिहान बिताउँदा लाग्थ्यो सबैभन्दा खुसी मै छु। हेटौंडानजिक मनकामनाको दर्शन कतिले गरेका छन् हँ? दोलखाको लामाबगर, जिरी, पवित्र लुम्बिनी, जोमसोम आदि ‘स्वर्ग’ जस्तो ठाउँमा उसलाई नभेट्टाएको भए कहिले पुग्थें? ऐतिहासिक जुम्ला, बाल्मीकि आश्रम, अरुण उपत्यका, कञ्चनजङ्घा र रामारोसनजस्ता सुन्दर भूमिमा पुग्न उसैले मलाई निकै कर गरेको हो। ऊ समयभन्दा निकै अगाडि रहेछ, म भने पछाडि। खेलाडी, कलाकार, वकिल, पत्रकार सबै उसका फ्यान। संगीना वैद्यदेखि विज्ञानमन्त्री गणेश साहसम्मलाई उसैले चिनायो। आन्दोलनको बेला एमालेका नेता झलनाथ खनालसँग परिचय थियो। माधवकुमार नेपालसँग राम्रै दोस्ती थियो सायद उसको। मैले सुनेको सुजाता कोइरालासँग निकै राम्रो सम्बन्ध थियो रे। सबै समयमा उसमा अलिकति स्वार्थ, घमण्ड, गैरजिम्मेवारीपन आएन। उसले सबै भूमिकामा आफूलाई अब्बल उभ्यायो। थुप्रैको घरबार बसायो, थुप्रैको ओठमा खुसी ल्यायो। थुप्रैको जीवन कायापलट गर्‍यो। 

जिउँदाको जन्ती बन्यो, मर्दाको मलामी। कतै ऊ ड्राइभर बन्यो, कतै शिक्षक। आफूलाई ट्रेकिङ गाइडको भूमिकादेखि विकासे अभियन्ताको भूमिका, असल प्रेमी र साथीसम्म सबैमा एकैपटक आफ्नो जिम्मेवारी पूरा गर्न सक्यो। व्यापारिक साझेदारदेखि खेलको मूलधारसम्म फिट हुनु भनेको साच्चै इष्र्या गर्नलायक रहेछ ऊ! उसैसँगको यतिको निकटता, महानताको कारण हाम्रो सम्झना ताजै राख्न हरदम म लोभिइरहन्थेँ। तर कसरी? जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ, नेपालमै पहिलोपटक ‘मोटरिङ’ र ‘टुरिङ’को नयाँ खेल सुरु भएको छ। खेलमार्फत् उसको र मेरो मात्र होइन तपाईं सबैको उसँग सम्बन्ध मौलाइरहने अवसर मिलेको छ। आरिस नगर्नुस्। ऊ मेरो मात्र होइन तपाईंहरुको पनि ‘यार’ हो। हिक्मतबहादुर मालीको अध्यक्षतामा स्थापित नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसन (नासा) ले उसँगको सम्बन्ध अझ भावनात्मक, मनोरञ्जनात्मक बनाउने लक्ष्यसमेत लिएको छ। 

प्रिय पाठक, के तपाईं उसलाई चिन्नुहुन्छ? ऊ कोही होइन मेरो, तपाईंको र हाम्रो प्यारो मोटरसाइकल।

(भट्टराईको भर्खरै प्रकाशित पुस्तक ‘कार्ल मार्क्सको कसम’बाट)

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  ११:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्