काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अन्योलमा परेको छ।
असार १५-१६ तिर अमेरिका भ्रमणमा जाने देउवाको तयारी थियो। तर, त्यही समयमा अमेरिकी राष्ट्रपति जो वाइडेन मध्यपूर्वका देशहरुको भ्रमणको तयारीमा छन्। वाइडेन नभएको समयमा अमेरिका भ्रमणमा जानु उपयुक्त नभएकाले अहिलेलाई भ्रमण स्थगित गर्ने तयारी गरिएको बालुवाटार स्रोतले जनाएको छ।
प्रधानमन्त्री देउवा सकेसम्म असार मसान्तभित्रै अमेरिकाको औपचारिक भ्रमण गर्न खोजिरहेका छन्। संघ र प्रदेशको निर्वाचन आगामी कात्तिक-मंसिरमा गर्ने तयारी भइसकेको छ। चुनाव घोषणा गरेपछि विदेश भ्रमण गर्न नमिल्ने भएकाले देउवा त्यसअघिनै अमेरिका जाने तयारीमा छन्।
देउवाले २०५९ वैशाख २३-२८ प्रधानमन्त्रीको रुपमा औपचारिक अमेरिका भ्रमण गरेका थिए। त्यसयता नेपालबाट उच्चस्तरको औपचारिक भ्रमण हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।