काठमाडौं– काठमाडौं- नेकपा एमालेका सांसद भीम रावलले कुन मन्त्रीका पालामा एसपीपीको कुरा अघि बढेको हो त्यसको अध्ययनका लागि छानबिन समिति गठन गर्न माग गरेका छन्।
शुक्रबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा रावलले कुनैपनि व्यक्तिले (प्रधानमन्त्री, मन्त्री र प्रधानसेनापति) राष्ट्रहितविपरीत काम गरेको देखिए जनताको कठघरामा उभ्याउन पनि माग गरेका छन्।
'कसको पालामा आएको हो? को मन्त्रीको पालामा भन्ने हाम्रो जिज्ञासा छ भने छानबिन कमिटी गठन गरौं। नेपाली सेनासँग के छ, रक्षा मन्त्रालयमा के छ, सम्पूर्ण कागजको अध्ययन गरौं। ती व्यक्तिले राष्ट्रिय हित विपरीत कार्य गरेको छ भने जनताको कठघरामा उभ्याऔं’, रावलले भने।
पत्र पठाएपछि मात्र ढुक्क हुन्छौं
रावलले अमेरिकालाई ‘स्टेट पार्टनरसिप प्रोग्राम’ मा सहभागी हुँदैनौं भनेर पत्र पठाएपछि मात्र ढुक्क हुन सकिने बताएका छन्।
उनले भने, ‘अन्तर्राष्ट्रिय समतिमा हामी परराष्ट्रमन्त्रीज्यूको मूखबाट सुन्न चहान्छौं, हामी अमेरिकाले माग गरे बमोजिम हिन्द प्रशान्त रणनीतिको अङ्ग भएको ‘स्टेट पार्टनरसिप प्रोग्राम’मा सहभगी हुँदैनौं भनेर पत्र पठाइनु पर्छ। तब मात्र विश्वास गरिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।