काठमाडौं- नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्रीको स्वीकृतामा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई चिट्ठी लेखिएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रयि समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानसेनापति शर्माले यस्तो बताएका हुन्।
उनले भने,‘उक्त कृयाकलाप गर्दा नेपाल सरकारका रक्षामन्त्री र प्रधानमन्त्रीज्यूको स्वीकृति लिएर लेखिएको हो। यो त्यसै लेखिएको होन।’
उनले उक्त पत्र सैन्य तालिमका लागि भन्दा पनि भूकम्पको समय भएकाले त्यसलाई ध्यान दिएर लेखिएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।