धनगढी– प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार र शनिबार सुदूरपश्चिममा रहने भएका छन्।
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरूको दीक्षान्त समारोहमा शुक्रबार सहभागी हुन लागेका प्रधानमन्त्री देउवाको शनिबार धनगढीमा आयोजिक एक कार्यक्रममा सहभागी हुनेछन्।
प्रधानमन्त्री देउवाले शनिबार बिहान धनगढी उपमहानगरपालिका प्राङ्गणमा बनेको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
शुक्रबार सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ।
दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवा, शिक्षामन्त्री देवेन्द्र पौडेल लगायतको सहभागिता रहने छ। समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्रोफेसर एसके जोशी पनि आउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।