काठमाडौं– कानुनमन्त्री गोविन्द शर्मा बन्दीले नागरिकता सम्बन्धी विधेयर यही संसद्को अधिवेशनबाट पारित हुने बताएका छन्।
उनले त्यसका लागि केही प्राविधिक कुरा मिलाउने कार्य भइरहेको जानकारी दिए। गैरआवासीय नेपाली संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नागरिकता विधेयक राज्य व्यवस्था समितिमा पनि जानसक्ने बताए।
‘नागरिकता दिने कुरा संविधानमा भनिएको र कानुनले दिनुपर्ने भएकाले संघीय कानुन अनुसार दिइने नै छ,’ उनले भने, ‘तर, यो कानुन निर्माणका लागि केही प्राविधिक समस्या भएकाले त्यसलाई मिलाउने कार्य भइरहेको छ।’
तत्कालीन समयमा विपक्षमा रहेको पार्टी अहिले सत्तामा रहेको र सत्तामा रहेको प्रतिपक्षमा रहकाले यसलाई मिलाउनपर्ने देखिएको उनले बताए।
तत्कालीन समयमा फरक मत राखेको सत्ता पक्षले अहिले सर्मथन गर्न समस्या देखाएकाले त्यसलाई मिलाउने कुरा भइरहेको उनले जानकारी दिए।
उनले फेरि समितिमा पठाउनुपर्ने पनि हुनसक्ने बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकका बारेमा धेरै चासो राखेको भन्दै मन्त्री शर्माले बजेट पारित भएपछि सुरु हुने बताए।
राजनीतिक अधिकारबाहेक अन्य अधिकार दिएर नागरिकता दिन सकिने उनको भनाइ छ। सरकार र प्रतिपक्ष दुवै नागरिकता विधेयकमा सहमत भएकाले यही अधिवेशनबाट विधेयक पारित हुनसक्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।