काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले अब गैरआवासीय नेपालीहरू पनि छिट्टै नागरिकता पाउने कानुन पारित हुने बताएका छन्।
नागरिकता मताधिकार लगानी तथा वैदेशिक रोजगारी सम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवा संसद्मा उपस्थित हुुनुपर्नेमा नभएर खोजी गरेकोबाट सुरु गर्दै नागरिकतामा लगेर आफ्नो धारणा टुंग्याएका छन्।
उनले गैरआवासीय नागरिहरूको नागरिकताका विषयमा धेरै मिहेनत गरेर कानुन निर्माण गरिरहेको र सबै राजनीति दलहरु त्यसप्रति सकारात्मक रहेको बताए।
संविधान बनाउन गैरआवासीय नेपालीहरुको सुझाव महत्वपूर्ण भएको नेता नम्वाङको भनाइ छ। संविधानमा पनि गैरआवासीय नेपालीहरूलाई नागरिकता दिने कुरा लेखिएको भन्दै उनले यसमा राजनीतिक दलहरू सहमत रहेको बताए।
उनले अब नागरिकता विधेयक अघि बढ्ने र त्यही कानुनले एनआरएनएको नागरिकताको कुरा पनि सम्बोधन गर्ने दाबी गरे। ‘अब चाँडै कानुन निर्माण सम्पन्न गर्ने दायित्व भएकाले यसलाई पूरा गर्न कुनै विवाद छैन’, उनले भने।
उनले अहिले केही अलमलिएको जस्तो मात्र देखिएको भन्दै अब संविधान बमोजिम गैरआवासीय नागरिकताले पूर्णता पाउनेमा विश्वास गर्न अनुरोध गरे। नागरिकता सम्बन्धी संघीय कानुन निर्माण भएसँगै यसको समाधान हुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।