काठमाडौं– सञ्चारक्षेत्र छाडेर पूर्णकालीन राजनीतिमा होमिएका रवि लामिछानेले आफू बाध्यताले राजनीतिमा आएको बताएका छन्।
राजनीतिमा होमिएको घोषणापछि एक भिडियो सन्देश जारी गर्दै लामिछानेले आफू रहरले नभइ बाध्यताले राजनीतिमा आएको बताएका हुन्।
उनले संचार क्षेत्रमा रहेर आफूले कसैको ठाउँ लिन नखोजेको बरु आफ्नो अलग्गै ठाउँ बनाउन कोशिस गरेको भिडियो सन्देशमा बताएका छन्। उनले अब आफ्नो आवाजलाई टेलिभिजनको पर्दाबाट संसद्मा पुर्याउन चाहेको बताएका छन्।
उनले भनेका छन्, ‘सञ्चार क्षेत्रमा रहेर मैले कसैको ठाँउ लिन खोजिन, बरु आफ्नो अलग्गै ठाँउ बनाउने कोशिस गरेँ। अब म आफ्नो आवाजलाई टेलिभिजनबाट संसद्मा पुर्याउन चाहन्छु।’
उनले आफू रहरले सञ्चारकर्मी भएको तर परिस्थितिले राजनीतिज्ञ बनाएको उल्लेख गरेका छन्। उनले असार सात गते राष्ट्रियसभा गृहमा आफ्नो राजनीतिक यात्राबारे जानकारी गराउने भन्दै सबैलाई उपस्थित हुन अनुरोधसमेत गरेका छन्।
उनले भनेका छन्, ‘म रहरले संचारकर्मी भएको हुँ,तर परिस्थितिले मलाई राजनीतिज्ञ बनायो। आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु। बाँकि असार ७ गते, १ बजे राष्ट्रिय सभागृह!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।