काठमाडौं– नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन्।
एमालेले अर्थमन्त्रीले जवाफ दिने कार्यसूची हटाउन आग्रह गरेको थियो। तर, सभामुखले अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई जिज्ञासाको जवाफ दिन समय दिएका थिए। सोही अनुसार उनले जवाफ दिएका थिए।
त्यसप्रति एमालेले आक्रोश व्यक्त गरेको थियो। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्माले देशप्रति गद्दारी गरेको बताएका थिए। उनको अभिव्यक्तिलाई सभामुखले रेकर्डबाट हटाउने जानकारी दिएका थिए।
शर्माको जवाफपछि सांसद्को स्पष्टीकरणको पुनः जवाफ दिनुपर्ने हुन्थ्यो। तर भट्टराईले शर्माको जवाफको नाममा बेतुकका कुरा नसुन्ने भन्दै सो कार्यसूची बहिस्कार गर्ने जानकारी दिने बताएका थिए। त्यसपछि एमाले सांसदहरु बाहिरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।