काठमाडौं– नेकपा एमालेले प्रतिनिधि सभाको बिहीबारको बैठकमा पनि अर्थमन्त्रीले जवाफ दिने कार्यसूची हटाउन आग्रह गरेको छ। दलको तर्फबाट बोल्दै भानुभक्त ढकालले केही दिनयताकै कुरा दोहोर्याअएका हुन्।
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको र उनीहरुबाटै करका दरमा परिवर्तन गराएको समाचार सार्वजनिक भएपछि एमालेले शर्माको विरोधमा सदनका कुरा उठाउँदै आएको छ।
उनले अर्थमन्त्रीले जवाफ दिने कुराको विपक्षमा एमाले उठ्ने बताए। उनले आफूहरुलाई जनार्दन शर्माको जवाफ नचाहिएको बताए।
त्यसपछि एमालेका सांसद्हरु यथास्थानमा उभिएका थिए। सभामुख अग्निप्रसाद सापकोटाले सभा सञ्चालनका लागि आग्रह गरेका थिए। उनले सहयोग नगरे कार्यसूची अगाडि बढाउने बताएका थिए। तर एमाले सांसद्हरु यथास्थानमा नबसेपछि सभामुख सापकोटाले कार्यसूची अगाडि बढाएका थिए।
एमालेका सांसद्हरु उभिएकै स्थितिमा सभामुख सापकोटाले अर्थमन्त्रीलाई जवाफ दिन समय दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।