काठमाडौं– पार्टी र नेतृत्वको आलोचना गरिरहेका एमाले स्थायी कमिटी सदस्य घनश्या भूसाललाई लक्षित गर्दै अध्यक्ष केपी ओलीले समय आएपछि हिसाब किताब हुने बताएका छन्। राजधानीमा आयोजित एक ककार्यक्रममा बोल्दै ओलीले त्यसका लागि समय आउने बताए।
उनले भने, 'पार्टी नेतृत्वलाई कसरी बदनाम गर्न सकिन्छ? कसरी विस्थापित गर्न सकिन्छ? दानवीकरण गर्न सकिन्छ, अलोकप्रिय बनाउन सकिन्छ। एकथरि मान्छेले ती कामहरु पार्टीभित्र बसेर गरिरहेका छन्। त्यसको समय आउँछ हिसाबकिताब गरिन्छ।'
उनले नेकपा एमालेका मान्छेलाई निष्ठाच्यूत हुन सरम लाग्नुपर्ने बताए। पार्टीले दिएको पद, ओहोदा र सुविधा प्रयोग गरेर पार्टीविरुद्ध नै एकथरि लागेको उनको भनाइ छ।
पार्टी नेतृत्वको आलोचना गरिरहेका भूसाललाई लक्षित गर्दै थपे, 'अहिले पनि देखिरहनुभएको छ। कतिपय व्यक्ति पार्टीमा बसेर बिरोध गरिरहेका छन्। पार्टीले दिएको पद, ओहदा र सुविधा पोको पारिरहेका छन्। त्यो हैसियत प्रयोग गरिरहेका छन्। कसरी पार्टी र नेतृत्वको अपमान हुन्छ, कसरी विरोध हुन्छ ? हो त्यही-त्यही काम गरिरहेका छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।