काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य ईश्वर पोखरेलले अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता भएको थियो भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइको खण्डन गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै पोखरेलले गठबन्धनको नाम चलेको नेता भन्दै प्रचण्डलाई संकेत गरे तर नाम भने लिएनन्।
उनले प्रमाण पेस गर्न चुनौती पनि दिए। गठबन्धनसँग हिम्मत भए त्यतिबेलाका दस्तावेज प्रस्तुत गर्न पोखरेलले चुनौती दिएका हुन्।
बिहीबार बिहान आयोजित एक कार्यक्रममा प्रचण्डले २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।