काठमाडौं– नेकपा एमालेले आफूले जितेका पालिका प्रमुख र उपप्रमुखको प्रशिक्षण कार्यक्रममा ओलीले सम्बोधन गर्दै गर्दा सहभागीहरु निदाउन थाले। सहभागीहरु निदाएको बुझेपछि ओलीले बोली रोके र माइकमा हान्न थाले।
माइकमा टङटङ हानेपछि निदाएका सहभागी जर्याकजुरुक भए। त्यसपछि ओलीले व्यङ्ग्य गरे, 'कुरा महत्वपूर्ण लागेपनि आँखा खोलेरै बुझ्ने प्रयास गरौं।'
उनले आफू जेलमा रहँदा आयोजित एक प्रशिक्षण कार्यक्रम सम्झिए। 'म जेलमा हुँदा एउटा प्रशिक्षण कार्यक्रम आयोजना भयो। म बोल्दै थिएँ। एकजना सुत्नुभएछ। किन सुत्नुभएको भनेर सोध्दा कुरा महत्वपूर्ण लाग्यो, आँखा चिम्लेर सार खैंचिएर सुन्दैछु,' ओलीले भने, 'ननिहुरिकन बुझौं। मुन्टो नलुकाइकन बुझौं। क्यामेरावाला त झन् निदाएको फोटो खिचिहाल्छन्।'
उनले चुनावमा मेहनत गर्दा थकाइ लागेको भएपनि कुरा सुन्न आग्रह गरे। त्यसअघि पनि उनले निद्रा लाग्नेहरु तनक्क आङ तानेर बस्न भन्दै उपाय सुझाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।