काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरूका लागि प्रशिक्षण कार्यक्रम गर्दैछ।
आज बिहीबार र भोलि शुक्रबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
स्कुल विभागले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको बिहीबार बिहान ११ बजे राष्ट्रिय सभागृह काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।
स्थानीय तहमा निर्वाचित भएका पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको हो।
एमाले अध्यक्ष ओलीसहितका नेताहरुले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिनेछन्। वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेले २०५ पालिका प्रमुख/अध्यक्ष र २४० पालिकामा उपप्रमुख/उपाध्यक्ष जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।