काठमाडौं– नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय बजेट पारित भएलगत्तै कार्यान्वयन गर्ने भएको छ।
बुधबार सम्पन्न स्थायी कमिटी बैठकले सचिवालय बैठकको निर्णय अनुमोदन गर्दै बजेट पारित भएलगत्तै नयाँ मन्त्री सरकारमा पठाउने निर्णय गरेकाे हाे।
स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने सचिवालयको निर्णयलाई स्थायी कमिटीले अनुमोदन गरेको जानकारी दिए।
स्थायी कमिटी बैठकले असार १० गते पोलिटब्यूरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ भने १३ गते केन्द्रीय परिषद् बैठक बोलाएको खतिवडाले बताए।
नेकपा एसले अहिलेको पाँच दलीय गठबन्धनलाई आगामी चुनावसम्म लैजान सम्पूर्ण प्रयत्न गर्ने समेत निर्णय लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।