काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) अस्वीकार गर्नुपर्ने बताउँछन्। उनले कांग्रेसको धारणा यही बन्ने बताउँदै सरकारले पनि यही धारणा बनाउने बताएका छन्।
उनले भने, ‘एसपीपीमा अमेरिकालाई प्रष्ट रुपमा नो थ्यांक्स् भन्नुपर्छ। एसपीपी हामीलाई स्वीकार्य छैन! कांग्रेसको धारणा यहि बन्नेछ र कांग्रेस नेतृत्वको सरकारले यहि धारणा प्रतिनिधित्व गर्नेछ।’
आफू साझा ढंगले प्रष्ट रहेको बताउँदै थपेका छन्, ‘समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।