काठकाडौं– कर्णाली प्रदेशको दशौं अधिवेशनले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गरेको छ।
बुधबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो।
बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालु आर्थिक वर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन्।
जसमध्ये पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार अर्थात ५९.५८ प्रतिशत रहेको छ। चालुतर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८.११ प्रतिशत बजेट रहेको छ।
अर्थमन्त्री विष्टले आगामी आर्थिक वर्षका लागि कर्णाली प्रदेशको कठिन भुगोल पुर्वधार विकासको धिमागति सीमित श्रोत र साधन, प्राकृतिक श्रोतको न्यून उपयोग, न्यून आन्तरिक राजस्व परिचालन, प्राविधिक दक्ष दनशक्तिको अभाव, उपलब्ध श्रोतको प्रभावकारी उउपयोगग हुन नसकेको, प्रदेशको बहुआयामी, रोजगारी, गरिबी निवारण तगायतका कुरालाई सुधार गर्ने खालको बजेट ल्याएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।