काठमाडौं– लम्बिनी प्रदेश सभा २५ मिनेटका लागि स्थगित गरिएको छ। बैठकको सुरुवातमै प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणबारे प्रतिपक्षी एमालेले मुख्यमन्त्रीसँग जवाफ मागेको थियो।
एमाले संसदीय दलका सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्रीसँग वलीले अर्काको घरमा गएर गरेको लफडाबारे जवाफ मागेका थिए। तर, मुख्यमन्त्रीले जवाफ दिन मानेनन्। मुख्यमन्त्री कुलप्रसाद केसीले जवाफ नदिएपछि एमालेले बैठक अवरोध गरेको छ।
एमालेको अवरोधपछि बैठक २५ मिनेटका लागि स्थगित गरिएको हो। बुधबार प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। प्रदेश सभाका पूर्ण घर्तीले जवाफका लागि सरकारलाई निर्देशन दिँदै बैठक स्थगित गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।