काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब बजेट कटौती गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मामाथि आक्रोश पोखेका छन्।
बुधबार विनियोजित बजेटमाथि सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री शर्माले उक्त बजेट कटौती गरिदिँदा कतिपय स्थानीय तहसँग गरेका साझेदारी कार्यक्रमसमेत कटौती गर्नुपर्ने अवस्था आएको बताए।
उनले सम्पूर्ण बजेटको आकार ९.८ प्रतिशत बढ्दा आफ्नो मन्त्रालयको बजेटमा भने भारी कटौती भएकै कारण पर्यटक भित्र्याउने कार्यक्रमलाई निरन्तरता दिन नसकिएको बताए।
उनले भने, ‘अर्थ मन्त्रालयले बजेट कटौती गरेका कारण माननीयज्यूहरुको निर्वाचन क्षेत्रमा रहेका आयोजनाहरूलाई निरन्तरता दिन सकिएन।’ मन्त्री आलेले ६ महिनाभित्र पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।