काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर रहेको बताएका छन्।
बुधबार लोकसेवा आयोगको ७२ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। उनले आयोगले आफूलाई नयाँ युगका नयाँ चाहनाहरुलाई सामना गर्नसक्ने गरेर सुधार एवं विकास गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको पनि बताए।
उनले जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्नसक्ने र सोही अनुरुप कर्तव्य पालन गर्नसक्ने मानवश्रोतको पहिचान गरी सरकारी सेवालाई बलिया बनाउने अधिकार प्राप्त संवैधानिक अंगको रुपमा रहेको लोकसेवा आयोगले त्यसलाई आत्मसाथ गर्दै आफ्नो दायित्व पूरा गर्न कटिवद्ध हुनुपर्ने बताइन्।
राष्ट्रपति भण्डारीले भने, ‘नयाँ युगका नयाँ चाहनाहरुलाई सामना गर्नसक्ने गरेर आफूलाई निरन्तर रुपमा सुधार एवं विकास गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता छ। ठूलो राजनीतिक परिवर्तन पश्चात् मुलुक अब क्रमशः आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर भइरहेको छ। जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउने दायित्व मुलुकको निजामति सहितका सरकारी संयन्त्रमा रहेकाले सोही अनुरुपको जनशक्ति छनोट गर्नु अत्यावश्यक हुन जान्छ। जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्नसक्ने र सोही अनुरुप कर्तव्य पालन गर्नसक्ने मानवश्रोतको पहिचान गरी सरकारी सेवालाई बलिया बनाउने अधिकार प्राप्त संवैधानिक अंगको रुपमा रहेको लोकसेवा आयोगले त्यसलाई आत्मसाथ गर्दै आफ्नो दायित्व पूरा गर्न कटिवद्ध हुनुपर्छ। चुस्त व्यवस्थापकीय क्षमतायुक्त, इमान्दार, कर्तव्यनिष्ठ र दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रक्रियामा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको यथेष्ट ध्यान जाने अपेक्षा गरेको छु।’
राष्ट्रपति भण्डारीले चुस्त व्यवस्थापकीय, क्षमतायुक्त, इमान्दार, कर्तव्यनिष्ठ र दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रक्रियामा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको यथेष्ट ध्यान पुर्याउन आवश्यक रहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।