काठमाडौं- शहरी विकास मन्त्री गंगा चौधरीलाई सुनेका भरमा आरोप नलगाएर प्रमाणसहित आउन चुनौती दिएकी छिन्।
गंगा चौधरी सत्गौवाले डिजी परिवर्तनमा मोटो रकम लिइएको, कालोसूचीमा परेको कम्पनीबाट खरिद गरिएको तथा आयोजना प्रमुख बनाउँदा पनि पैसा असुलिएको आरोप लगाउँदै स्पष्टीकरण मागेकी थिइन्।
प्रश्नोत्तरका क्रममा उनले भनेकी थिइन्, 'एउटा इआरएमसी नामक कालो सूचीमा परेको कम्पनीबाट कमिसनमा ५१ प्याकेज खरिद गरिएको भन्नेछ। ८ महिनामा तीनवटा डिजी परिवर्तन भएका छन्। प्रत्यकबाट करोडौं लिइएको भन्नेछ र बोहरा थरका एक जननालाई आयोजना प्रमुख बनाउँदा ठूलो रकम बुझाए र त्यसको व्यवस्था त्यही इआरएमसी नामक कम्पनीले गरेको भन्ने समाचार आएको छ।'
उक्त विषयको जवाफ दिँदै झाँक्रीले आफूले त्यसरी करोडौं लिएको प्रमाणित गर्न चुनौती दिएकी हुन्। उनले भनिन्, 'बोल्नुअघि तथ्य र प्रमाणसहित आउनु अनुरोध गर्छु। सुनेका भरमा होइन, दाबी प्रमाणित गर्नेगरी आउन चुनौती दिन्छु। आरोपका लागि आरोप लगाउनेलाई प्रमाण लिएर कारबाहीको तहमा आउन चुनौती दिन्छु।'
यसैगरी उनले कुनै कम्पनी कालोसूचीमा परेकै आधारमा प्रतिष्पर्धा गर्न रोक लगाउन नसकिने नियम भएकाले कुनै कम्पनीको टेन्डर परेको हुन सक्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।