काठमाडौं– शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले व्यक्तिले निवेदन दिएका आधारमा पर्ने योजनालाई आफूले प्राथमिकता नदिएको बताएकी छिन्। उनले संसद्ले पास गरेका योजनालाई प्राथमिकता दिएकको बताएकी हुन्।
उनले भनिन्, ‘व्यक्तिले निवेदन दिएका सालबसाली कार्यक्रमहरू योजना छनोट भएनन्। निवेदन र कुराका आधारमा हुने योजना एकदिन एक्जिट हुन्छन्।’
उनले योजना आयोगले बनाएको छनोट मापदण्ड र मन्त्रालय आफैंले बनाएको मापदण्डअनुसार आयोजना छनोट गरिएको बताइन्।
‘हाम्रा आयोजना काटिए भन्नेको साह्रै चिन्ता लाग्यो मलाई। हाउसबाट पारित भएका आयोजना काट्नपर्ने सोच होइन?,’ उनले भनिन्, ‘पटक–पटक हाउस विघटन हुँदा लडेर जीवन दिने मान्छे हुँ। अदालतमा रिट लिएर जाने व्यक्ति हुँ। सार्वभौम जनताको संसद्ले पास गरेको योजना काटेको छैन।’
उनले आयोजना छनोट समेत सन्तुलित ढंगले गरिएको बताउँदै स्वचालित ढंगले छानिने परम्पराको सुनिश्चित गर्नुपर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।