काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई विवाहको उमेर घटाउन राज्य तयार छ कि छैन भन्दै प्रश्न गरिएको छ।
विवाह गर्ने उमेरहद २० वर्ष हुँदा बालबालिकामा हिंसा बढिरहेको बताउँदै सांसद पुष्पा भूसालले यस्तो प्रश्न गरेकी हुन्।
उनले भनिन्, ‘विवाहको उमेरहद २० वर्ष राखेका कारण बालबालिकामा हिंसा बढिरहेको छ। उमेर हद घटाएर १८ वर्ष पुर्याउन सरकार तयार छ कि छैन?’
मुलुकी संहिता २०७४ ले महिला तथा पुरुष दुवैले २० वर्ष नपुगी गरेको विवाह स्वतः बदर हुने व्यवस्था गरेको छ।
नेपालमा १६ वर्ष उमेरको भएपछि नागरिकता दिइन्छ, १८ वर्षको उमेरपछि बालिग हुने भनिए पनि विवाहको उमेर भने २० वर्ष तोकिएकाले व्यवहारिक नभएको भन्दै घटाउन माग यसअघि पनि संसद्मा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।