काठमाडौं– प्रतिनिधि सभामा निहारिका राजपुत अनशन प्रकरणबारे सवाल उठाइएको छ। सांसद थममाया थापामगरले उक्त विषय उठाएकी हुन्।
बलात्कारबाट आफ्नो बच्चा जन्मेको तर न्याय नपाएको बताउँदै माइतीघरमा अनशनरत राजपुतबारे राज्य थाहा पाएर पनि नपाएजस्तै गरेको उनको भनाइ छ। कानमा तेल हालेर बसेको उनले बताइन्।
उनले भनिन्, ‘दूध चुसाउँदै आमरण अनशन बस्नु राज्यका लागि लाजमर्दो हो। सबै निकायमा न्यायका लागि भीख मागिन्। अदालतलेसमेत न्याय दिन सकेन।’
समाजमा यस्ता हजारौं महिला भएको बताउँदै उनले यसलाई एउटा घटनाका रूपमा नलिन संसद्मार्फत आग्रह गरेककी छिन्।
उनले थपिन्, ‘यस्ता घटना धेरे छन् तर परिवार र समाजको डरले बाहिर आउँदैनन्। भ्रुणहत्या र आत्महत्या गर्ने क्रम डरलाग्दो ढंगले बढेको छ।’
निहारिका दूधे बच्चा लिएर अनशन आफ्नै लागि मात्रै नभइ त्यस्ता हजारौं पीडितका लागि लडिरहेको उनको भनाइ छ। अनशन बसेको ६ दिन भइसक्दा पनि राज्यको चासो नभएका कारण दूधे बालक दूध खान नपाएर छटपटाइरहेको उनले जानकारी गराइन्। उक्त विषयमा छानबिनन गर्न सरकारसँग उनले माग गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।