काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले अमेरिकी विकास परियोजना (एमसीसी) सम्झौता पारित भएपछि समस्याहरुको ताँती लागेर आएको टिप्पणी गरेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले एमसीसीपछि स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अर्को समस्या बनेर आएको बताए। मेरिकासँग गरिने भनिएको एसपीपी सम्झौताले नेपाललाई थप समस्यामा पार्ने लिङ्देनको भनाइ छ।
देशको अभिभावकको रुपमा रहनुपर्ने सरकारले देशलाई असर पार्ने कार्य किन गरिरहेको छ भन्दै लिङ्देनले प्रश्न गरे।
उनले निर्वाचनलाई धाँधली रहिन गराउनका लागि स्वतन्त्र चुनावी सरकार गठन गर्न पनि माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।