काठमाडौं- नेकपा एमालेको अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने सिफारिसलाई अनुमोदन गरेको छ।
मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले यसअघि गरेको सिफारिसलाई अनुमोदन गरेका हो।
जेठ १८ गते समितिका अध्यक्ष केशव बडालको अध्यक्षतामा बसेको सचिवालय बैठकले भुसाललाई स्पष्टीकरण सोध्न पार्टीलाई सिफारिस गरेको थियो।
तर सोमबार बसेको एमाले सचिवालय बैठकमा यस विषय छलफलको अजेण्डा नै बनेको थिएन। त्यसको भोलिपल्ट बसेको अनुशासन आयोगको बैठकले कारबाहीको सिफारिसलाई अनुमोदन गरेको हो। अनुशासन आयोगको सचिवालयले गरेको सिफारिसलाई आयोगको पूर्ण बैठकले अनुमोदन गरेको हो।
स्थानीय तहको चुनावी परिणाम लगत्तै भुसालले अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी पराजय भोगेकाले पदबाट राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए। भुसालले केपी ओलीभित्रको म कारण पार्टीले पराजय भोगेको दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।