काठमाडौं- नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गरिएका समाचार गलत भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। मंगलबार साँझ अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत् नेपाल र अमेरिकाबीच कुनै सैन्य सम्झौता नभएको भन्दै समाचारहरुको खण्डन गरेको हो।
‘स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदानप्रदान कार्यक्रम हो,’ दूतावासले भनेको छ, ‘अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपत विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ।’
दूतावासले २५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारी समावेश भएको जानकारी दिएको छ। तर, तीमध्ये अधिकांश देश यस क्षेत्रमा रहेको दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।