काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको बैठकमा स्थानीय तह निर्वाचन २०७९ को समीक्षाका साथै आगामी रणनीतिका विषयमा छलफल हुने अजेन्डा छन्।
कमिटी बैठकमा समसामयिक राजनीतिका साथै मन्त्री हेरफेरको विषय पनि उठ्न सक्ने बताइएको छ।
एकीकृत समाजवादीको यसअघि बसेको सचिवालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्न हरेक प्रदेशमा एकजना सचिवालय सदस्य खटाउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।