काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले हेटौंडाको कार्यक्रम छाडेको विषयमा स्पष्ट पारेका छन्। उनले एक वक्तव्य जारी गर्दै गाली नै खानुपर्ने भए आफ्नै नगरबासीको खाने भनेर फर्किएको बताए।
उनको भनाइ छ, ‘गाली र आलोचना नै सुन्ने भए म आफ्नै महानगरमा आफ्नै महानगरवासीहरुको सुन्ने छु। अथवा, सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरुमा सुन्ने छु।’
उनले आफूलाई व्यक्तिगत रुपमा गाली र आलोचना गर्न पाइने तर काठमाडौंबासीसँग असम्बन्धित कार्यक्रममा काठमाडौंलाई गाली गर्न समय खर्च गर्न नहुने बताएका छन्।
उनले भनेका छन्, ‘मलाई व्यक्तिगतरुपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडौंसँग र काठमाडौंवासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाण्डौंलाई गाली गर्न किन समय र उmर्जा खर्चिने? मेरो प्रश्न यति हो।’
उनले काठमाडौं केवल राजधानीमात्रै नभइ कसैको कर्मभूमि र जन्मभूमिसमेत रहेको बताएका छन्। ‘काठमाडौं केवल राजधानीमात्रै होइन, अझ बागमती प्रदेशको लागि त एउटा पालिका मात्रै हो तर काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो,’ उनले भनेका छन्, ‘गाली गरिराख्ने तर मौका पाउँदा पनि केहि नगर्ने ठाउँ÷कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छोडेको हुँ।’
हेटौंडामा आयोजित तीन दिने कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका मेयर शाह र उपमेयर सुनिता डंगोल सोमबार बेलुका नै काठमाडौं फर्किएका छन्। उनले फर्किदा फर्किदै काठमाडौंलाई गाली गर्ने कार्यक्रममा सहभागी भएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।