• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश र प्रतिनिधि सभा चुनाव एकै चरणमा गर्ने पक्षमा निर्वाचन आयोग, ८ जिल्लामा विद्युतीय मतदान

64x64
नेपाल लाइभ मंगलबार, जेठ ३१, २०७९  ११:५५
1140x725

काठमाडौं– निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्ने गरी मिति प्रस्ताव गर्ने तयारी गरेको छ। आयोगले कात्तिक ३० गते वा मंसिरको पहिलो साता निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्नका लागि आन्तरिक छलफल सुरु गरेको छ। 

सरकारसँगको छलफल अघि आयोगले आफ्नो तयारीका लागि छलफल गर्दा उक्त २ मितिको प्रारम्भिक खाका बनाएको हो। आयोगको केही दिन अघि बसेको पदाधिकारी बैठकमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मितिबारे छलफल भएको एक आयुक्तले जानकारी दिए। 

छलफलका क्रममा चाडवर्प छलेर निर्वाचनको मिति प्रस्ताव गर्नुपर्ने, त्यस्तै मौसमको अनुकूलता पनि हेर्नुपर्ने कुरा उठेको थियो। यी सबै कुरा ख्याल गर्दा कात्तिक ३० गते वा मंसिरको १० गते अघि निर्वाचन गर्नुपर्ने निष्कर्षमा निर्वाचन आयोग पुगेको छ। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन कात्तिक अन्तिम वा मंसिरको पहिलो साता गर्नुपर्ने पक्षमा रहेको बताए। 

चरणवद्ध हुँदा धाँधलीको डर!
निर्वाचन आयोगले स्थानीय निर्वाचन एकै चरणमा गरेपछि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पनि एकै चरणमा गर्नुपर्ने निष्कर्ष निकालेको हो। 

चरणवद्ध निर्वाचन गर्दा धाँधली र हुलहुज्जतको सम्भावना धेरै देखिएकाले एकै चरणमा गर्नुपर्ने निष्कर्ष निकालिएको आयोगका ती आयुक्तको भनाइ छ।  

विभिन्न राजनीतिक दलका भातृ संगठनहरुबाट निर्वाचनमा हुलहुज्जत तथा धाँधली हुनसक्ने सम्भावित खतरा रहेकाले उनीहरु संगठित रुपमा विभिन्न क्षेत्रमा केन्द्रित हुन नदिने गरी एकै चरणमा निर्वाचन गर्नुपर्ने पक्षमा आयोग देखिएको ती आयुक्तले बताए। विभिन्न चरणमा गर्दा दलका भातृ संगठनहरुले विभिन्न स्थामा पुगेर निर्वाचनको गतिविधि विथोल्ने कार्य गर्न एकजुट हुन सक्ने आयोगका पदाधिकारीको आकलन छ। 

एकै चरणमा गर्दा उनीहरु  आफ्नो क्षेत्रमा निर्वाचन गर्न केन्द्रित हुने भएकाले एकै चरणमा नै राम्रो हुने आयोगको निष्कर्ष छ। आयोगले पहिलो निर्वाचनको मिति कात्तिक ३० गते नै सिफारिस गर्ने तयारी गरेको छ।  

nimb
nimb

स्थानीय तह निर्वाचन एकै चरणमा भएपछि केही स्थानमा शान्तिपूर्ण हुन नसेकोको र सोचे जति प्रतिशत मतदान नभएको कुरालाई कसरी सुधार गर्न सकिन्छ भनेर आयोग पनि छलफलमा रहेको प्रमुख आयुक्त थपलियाले बताए। 

प्रधानमन्त्रीलाई भेट्दै निर्वाचन आयोगका पदाधिकारी 
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मितिबारे छलफल गर्न एक/दुई दिनमै प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने तयारी गरेको छ। 

आयोग स्रोतका अनुसार प्रधानमन्त्रीसँग आयोगले छलफलका लागि समय माग गरेको छ। प्रधानमन्त्रीले समय उपलब्ध गराएपछि आयोगका पदाधिकारीले छलफल गर्ने छन्। उक्त छलफलमा आयोगले आफूलाई लागेको समय सिफारिस गर्ने छ। 

८ जिल्लामा विद्युतीय मतदानको तयारी 
आयोगले  ७७ जिल्लामध्ये ८ जिल्लामा विद्युतीय मतदानको अभ्यास गर्नुपर्ने कुरा सरकारसमक्ष राख्ने तयारी गरेको छ। काठमाडौ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापाजस्ता साक्षरता धेरै भएका जिल्लाहरुमा विद्युतीय मतदान गराउनुपर्ने पक्षमा आयोग रहेको छ। 

आयोगले अहिले नै सबै जिल्लामा विद्युतीय मतदान सम्भव नभए यी जिल्लामा अभ्यासपछि पछिका निर्वाचनहरुमा सहज हुने भन्दै यस्तो प्रस्ताव गर्ने तयारी गरेको छ। 

विद्युतीय मतदानका लागि मेसिन लगायत अन्य प्रक्रियाको तयारी गर्नुपर्ने भएकाले सरकारले नै निर्णय लिनुपर्ने सुझाव आयोगले दिने तयारी गरेको छ। विद्युतीय मतदान गर्दा सहज रुपमा मतदान हुने, मत बदर कम हुने र गणना गर्न समेत सहज हुने आयोगको निष्कर्ष छ। 

मेसिनको प्रयोगमा हुने  विश्वसनियताको कुरामा राजनीतिक दलहरुलाई आशंका भएकाले आपसी सहमति गरेमा आयोग अन्य थप जिल्लामा पनि यसको प्रयोग गर्न तयार रहेको प्रमुख आयुक्त थपलियाले बताए। 

‘हामी निर्वाचन गराउने हो। विद्युतीय मतदानका लागि पनि तयार नै छौं। आवश्यक उपकरण र राजनीतिक सहमति दलहरुले गरेमा कुनै समस्या छैन,’ थपलियाले भने, ‘आयोग जुनसुकै माध्यमबाट पनि निर्वाचन गर्न तयार भएर बसेको छ।’

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  ११:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सैनिक ब्यारेकबाट बाढीपीडितको अपिल : होटलमा महंगी छ, चाउचाउ–विस्कुट मिलाइदिनुहोस
कविता : शोकमा गाईजात्रा छैन
उद्धार सहायताका लागि भारतीय टोली पनि नेपाल पुग्यो, त्रिशूली ३ ए को सुरुङको मुख खोलिँदै
सम्बन्धित सामग्री
बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तीव्रता दिन नेता आङ्देम्बेको आग्रह शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रको प... शनिबार, भदौ १३, २०८३
बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले शनिबार, भदौ १३, २०८३
अध्यक्षलाई अमर्यादित गालीगलौज गरेको आरोप, गुणराज लोहनी नेकपा बहुमतबाट निष्कासित पार्टी अध्यक्ष मण्डलको बैठकमा धर्मेन्द्र बास्तोलाको अध्यक्षतामा छलफल भइरहेका बेला अध्यक्षमाथि अमर्यादित ढंगले गालीगलौज गरेको उनीमाथि... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
सैनिक ब्यारेकबाट बाढीपीडितको अपिल : होटलमा महंगी छ, चाउचाउ–विस्कुट मिलाइदिनुहोस शनिबार, भदौ १३, २०८३
कविता : शोकमा गाईजात्रा छैन शनिबार, भदौ १३, २०८३
उद्धार सहायताका लागि भारतीय टोली पनि नेपाल पुग्यो, त्रिशूली ३ ए को सुरुङको मुख खोलिँदै शनिबार, भदौ १३, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
हिमपहिरोपछि बनेको ताल खुम्चिँदै, फुटेर आउने जोखिम घटेको चिनियाँ अधिकारीको निष्कर्ष शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्