काठमाडौं-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वाम गठबन्धनका पक्षमा एमाले नरहेको प्रष्ट पारेका छन्। माओवादी केन्द्रका नेताहरुसँग छलफल गरिरहेको पृष्ठभूमिलाई मध्यनजर गर्दै उनले आस्थाका कम्युनिष्टसँग सहकार्य हुन सक्ने बताए।
उनले भने, 'अहिलेलाई वाम गठबन्धन सम्भव छैन। त्यतातिर छलफल गरिएको छैन। विषयमा सहकार्य हुन सक्छ।'
नेकपा एमालेले कसैलाई प्रधानमन्त्रीको अफर गर्न नसक्ने उनले बताए। 'नेकपा एमालेले शतप्रतिशत वा त्योभन्दा प्रतिशत हुन्छ भने कसैलाई प्रधानमन्त्री अफर गर्दैन। यो बार्गेनिङ गर्ने तरिका हो,' उनले भने, '५० प्रतिशत माग्नका लागि हो। यो सुनियोजित प्रचारबाजी हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।