काठमाडौं-नेकपा एमालेले असार २ र ३ गते पालिका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिने भएको छ। सोमबारको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
काठमाडौंको राष्ट्रिय सभागृहमा उक्त प्रशिक्षण कार्यक्रम हुने उपमहासचिव प्रदीप ज्ञवाली बताएका छन्। उनले भने, 'समाजवाद आधार कसरी बनाउने र समृद्ध नेपाल सुखी नेपाली कसरी बनाउने भन्ने विषयमा केन्द्रीत हुनेछ र समग्र राष्ट्रिय राजनीतिका विषयमा प्रशिक्षित गर्ने कोशिस गरिनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।