काठमाडौं–एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले एमाले २०७४ को स्थानीय तह निर्वाचनभन्दा अहिले कमजोर भएको भएको स्वीकार गर्दै त्यसको समीक्षा गर्ने बताएका छन्।
पार्टीको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले सत्ता गठबन्धनबाट जसरी पनि निर्वाचन जित्नुपर्ने भन्दै सत्ताको दुरुपयोग भएको आरोप पनि लगाए। परिणाम आफ्नो ठाउँमा भए पनि प्रक्रियामा दुषित बनाउने काम सत्ता गठबन्धनले गरेको उनकाे आराेप छ।
‘२०७४ को निर्वाचनभन्दा पालिका प्रमुख र उपप्रमुखमा कमजोर भएका छौं,' उनले भने, ‘यो हाम्रा लागि नोक्सान हो।’ उनले नेकपा एमाले पपुलर मत हेर्दा अघि नै देखिएको दाबी गरे। घेराबन्दीको समयमा पनि यत्रो मत प्राप्त गर्नु अपेक्षा गरेको भन्दा राम्रो भएको उनको भनाइ छ।
समयमा उम्मेदवार चयन गर्न नसक्दा, आकाक्षीहरुको सही ढंगले व्यवस्थापन गर्न नसक्दा र केही आफ्ना कमजोरीले निर्वाचनको परिणाम आएको उनले बताए। ज्ञवालीले केही स्थानमा अन्तर्घात पनि भएको दावी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।