• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्थगन प्रस्तावमा सांसदहरुको कटाक्ष : संसद्को 'गरिमा' कि 'उपहास'?

64x64
नेपाल लाइभ सोमबार, जेठ ३०, २०७९  १९:००
1140x725

काठमाडौं- सोमबारको प्रतिनिधि सभा बैठकमा एमालेका १५ सांसदले रासायनिक मलको अभावका सन्दर्भमा छलफल गर्न बैठकको कार्यसूची स्थगन गर्न प्रस्ताव दर्ता गराएका थिए। प्रमुख सचेतक विशाल भट्टराईलगायत १५ सांसदले सो प्रस्ताव दर्ता गराएका थिए।

प्रस्तावमा हस्ताक्षर गर्ने अन्य सांसदहरुमा कृष्णभक्त पोखरेल, यज्ञराज सुनुवार, राजेन्द्रकुमार राई, कृष्ण गोपाल श्रेष्ठ, नारायणप्रसाद खतिवडा, झपटकुमार रावल, गंगा चौधरी, रेखा कुमारी, नारायण प्रसाद मरासिनी, पवित्रा निरौला खरेल, विमला विश्वकर्मा, सरिता गिरी, नवराज सिलवाल र घनश्याम खतिवडा छन्।

प्रतिनिधि सभाको सोमबारको पहिलो बैठकमा सो प्रस्तावमाथि छलफल पनि भएको छ। प्रस्तावमा उल्लेखित विषयमा छलफल त भयो नै, सांसदहरुबीच भने प्रस्तावकै औचित्यमाथि पनि कटाक्ष चलिरह्यो। खासगरी सत्ता पक्षमा सांसदहरुले  प्रस्ताव आवश्यक नरहेको बताए।

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले प्रस्ताव ल्याएकोमा एमालेका सांसदहरुलाई धन्यवाद त दिए। तर स्थगन प्रस्ताव भनेर नल्याएको भए हुन्थ्यो भने। महत्त्वपूर्ण विषयसँगसँगै संसद्को प्रक्रियालाई समेत स्थगन गर्ने प्रस्तावसमेत राखिएको हुँदा उपयुक्त हुँदैन भन्ने उनको भनाइ थियो। 'अहिले हामी बजेटमाथि छलफल गरिरहेका छौं। सदनको प्रक्रियालाई नै स्थगन गरेर जाने कुरा संसदीय पद्धतिमा सही काम हुँदैन', उनले भने।

यद्यपि, सांसदहरुको धारणा पूर्णरुपमा दलीय रुपमा विभाजित भने थिएन। जस्तो कि, कांग्रेस सांसद् पुष्पा भुसालले प्रस्ताव महत्त्वपूर्ण भएको भन्दै प्रस्तावक सांसदहरुलाई धन्यवाद दिइन्। उनकै पार्टीका सांसद् पार्वती डीसी चौधरीले पनि प्रस्तावलाई समय सान्दर्भिक भएको बताइन्।

कांग्रेसकै सांसद् भरत शाहले प्रस्ताव ठीक रहेको त बताए तर स्थगन नै गर्नुपर्ने जरुरत किन पर्‍यो? भन्ने प्रश्न गरे। उनले बजेटमाथिकै छलफल महत्त्वपूर्ण भएको बताए। 'बजेट नै पास भएन भने कुन पैसाले मल खरिद गर्ने? त्यसैले स्थगन प्रस्ताव नै ल्याउने त हुँदैन त। अरु प्रस्ताव ल्याएको भए हुन्थ्यो नि', उनको भनाइ थियो।

कांग्रेसकै सांसद मीन विश्वकर्माले प्रस्ताव जसरी आएको भए पनि मुलुक, आम किसानहरु र समग्र नेपाली जनताका लागि आवश्यक प्रस्ताव भएको बताए। तर उनले पूर्वप्रधानमन्त्री ओलीले गरेको संसद् विघटनप्रति व्यंग्य गर्न पनि भ्याए। 'यी सबै खाले प्रस्ताव त्यो बेलामा मात्रै आउने रहेछन्, जुन बेलामा संसद् हुन्छ। संसद् भयो भने विभिन्न खालका प्रस्ताव आउने नियमावलीमा व्यवस्था गरेका छौँ', उनले भने।

nimb
nimb

माओवादी केन्द्रकी सांसद् रामकुमारी चौधरीले स्थगनकै प्रस्ताव ल्याउन वैज्ञानिक नहुने बताइन्। उनले मल अभावको विषयलाई पनि आफूहरुले उठाइरहेको बताइन्। 'पटक-पटक सभामुखले पनि रुलिङ गरिराख्नुभएको छ', उनले भनिन्, 'तर, अहिले सदन नै स्थगित गरेर प्रक्रियै स्थगन गरेर जानु गलत हो। यता जानु पनि हुँदैन। यो संसदीय इतिहासको उपहास हुनेछ।'

स्थगन प्रस्तावको विरोध भइरहेपछि एमालेका केही सांसद्हरुले प्रतिवाद गरेका थिए।  एमाले सांसद् सूर्यप्रसाद पाठकले अहिलेको अवस्थामा मल जनताको आवाज भएको बताए। स्थगन प्रस्ताव सोही आवाजको प्रतीक भएको उनको दाबी थियो। 'यसको पनि सत्ता पक्षका केही सांसदले विरोध गर्नु त साह्रै दुःखद्पूर्ण अवस्था हो', उनले भने, 'सत्ता पक्षले आफ्नो जिम्मेवारी र कर्तव्य पूरा नगर्ने तर प्रतिपक्षीमाथि दोष लगाउनु भनेको राजनीति होइन, लाजनीति हो।'

एमालेकै सांसद् खगराज अधिकारी केही कडा सुनिएका थिए। उनले प्रस्तावले संसद्को महत्त्व र सुन्दरतालाई उजागर गरेको बताए। स्थगन प्रस्तावको विरोध गर्ने सांसद्हरुलाई प्रतिनिधि सभा नियमावली पढ्न सुझाए। 'नियम ७८ देखि ८२ सम्म अध्ययन गर्नुभयो भने संसद्को सबैभन्दा महत्त्वपूर्ण प्रस्ताव राख्ने प्रक्रिया हो। स्थगन प्रस्ताव नराखेर अर्को राखेको भए हुन्थ्यो भन्ने कुरै भएन। प्रतिनिधि सभा नियमावली नै नबनाएको भए हुन्थ्यो भनेजस्तो हुन्छ। त्यसैले बोल्दाखेर माननीयज्यूहरुले हेक्का राखिदिनुभए हामीलाई सुनमा सुगन्ध हुनेथियो भन्ने निवेदन गर्न चाहन्छु', उनको भनाइ थियो।

१५ सांसदले राखेको प्रस्तावमा सरकार मल ल्याउन पूर्ण रुपमा असफल भएको निष्कर्ष व्यक्त गरिएको छ। 'यस्तो अवस्थामा हामी जनताका प्रतिनिधिहरु टुलुटुलु हेरेर अन्य विषयमा छलफल गर्दै किसानको समस्याप्रति मुकदर्शक हुने अवस्था हुँदैन', प्रस्तावमा भनिएको छ, 'तसर्थ प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७८ बमोजिम प्रतिनिधि सभाको बैठकको कार्यक्रम स्थगन गरी रासायनिक मल झिकाई कृषकलाई तत्काल उपलब्ध गराउने विषयमा छलफल गर्ने व्यवस्था मिलाउन यो स्थगन प्रस्तावको सूचना दिएका छौँ', प्रस्तावमा भनिएको छ।

प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७८ मा 'अत्यन्त जरूरी सार्वजनिक महत्वको कुनै विषयमाथि छलफल गर्न बैठकको कार्यक्रम स्थगित गरियोस् भन्ने प्रस्ताव सभामुखको अनुमतिले पेश गर्न सकिनेछ' भन्ने व्यवस्था छ।

सोमबार प्रतिनिधि सभाको बैठकमा प्रस्तावक सांसदहरुका अतिरिक्त अन्य सांसदहरुले पनि छलफलमा भाग लिएका थिए। जम्मा ४८ सांसदले धारणा राखेको सभामुख अग्निप्रसाद सापकोटाले बताए। त्यसपछि पहिलो बैठक स्थगित गरिएको थियो। दोस्रो बैठकमा कृषिमन्त्री महेन्द्र राय यादवले सांसद्हरुले प्रस्तावका सन्दर्भमा उठाएका जिज्ञासाको जवाफ दिएका थिए।

प्रतिनिधि सभाले सरकारलाई सहजरुपमा मल उपलब्ध गराउन सम्भाव्य उपाय अवलम्बन गर्न निर्देशन दिने प्रस्ताव पारित पनि पारित गरेको छ।

छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले विशेष प्रस्ताव सभाको सहमतिका लागि प्रस्तुत गरेका थिए। जसलाई सभाले पारित गरेको हो। 'रासायनिक मल कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलब्ध नभएको विषयमा यस सदनको गम्भीर ध्यानाकर्षण भएको छ। कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलब्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधि सभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ', पारित प्रस्तावमा भनिएको छ।

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उद्धार सहायताका लागि भारतीय टोली पनि नेपाल पुग्यो, त्रिशूली ३ ए को सुरुङको मुख खोलिँदै
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे
हिमपहिरोपछि बनेको ताल खुम्चिँदै, फुटेर आउने जोखिम घटेको चिनियाँ अधिकारीको निष्कर्ष
सम्बन्धित सामग्री
बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तीव्रता दिन नेता आङ्देम्बेको आग्रह शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रको प... शनिबार, भदौ १३, २०८३
बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले शनिबार, भदौ १३, २०८३
अध्यक्षलाई अमर्यादित गालीगलौज गरेको आरोप, गुणराज लोहनी नेकपा बहुमतबाट निष्कासित पार्टी अध्यक्ष मण्डलको बैठकमा धर्मेन्द्र बास्तोलाको अध्यक्षतामा छलफल भइरहेका बेला अध्यक्षमाथि अमर्यादित ढंगले गालीगलौज गरेको उनीमाथि... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
उद्धार सहायताका लागि भारतीय टोली पनि नेपाल पुग्यो, त्रिशूली ३ ए को सुरुङको मुख खोलिँदै शनिबार, भदौ १३, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
हिमपहिरोपछि बनेको ताल खुम्चिँदै, फुटेर आउने जोखिम घटेको चिनियाँ अधिकारीको निष्कर्ष शनिबार, भदौ १३, २०८३
बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तीव्रता दिन नेता आङ्देम्बेको आग्रह शनिबार, भदौ १३, २०८३
भोटेकोशी विपद्मा चीनको साथ : २० लाख डलरसहित सुरुङ उद्धारका लागि विज्ञका दुई टोली नेपाल आउँदै शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्