काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालमाथि कारबाही गर्ने अनुशासन आयोगको सिफारिस अलपत्र परेको छ। निर्वाचनपछि बसेको एमाले सचिवालय बैठकमा उक्त विषयले प्रवेश नै नपाएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताएका छन्।
सोमबार पार्टी कार्यालय च्यासलमा बसको बैठकपछि प्रतिक्रिया दिँदै पाण्डेले भने, 'घनश्याम कमरेडलाई कारबाही गर्ने विषय बैठकमा प्रवेश नै भएन।'
केही दिनअघि एमाले अनुशासन आयोगले पार्टी र पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सञ्चारमाध्यममा बोलेको भन्दै कारबाही सिफारिस गरेको थियो।
पार्टी नेतृत्वको कारण स्थानीय तहको निर्वाचनमा हार बेहोर्नुपरेको तथा एमालेको १०औं महाधिवेशनलाई 'सौराहा कान्ड' भनेर टिप्पणी गरेको लगायतका कामले पार्टी अनुशासन तोडेको ठहर आयोगको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।