काठमाडौं- कांग्रेस सांसद पार्वता डिसि चौधरीले कृषि मन्त्रीले समयमा मलको जोहो गर्न नसकेर कांग्रेस नेतृत्वको सरकारको बदनाम भएको भन्दै आक्रोश व्यक्त गरेकि छन्।
सोमबार प्रतिनिधि सभामा दर्ता भएको रासायनिक मलको विषयमा छलफल गर्न बैठकको कार्यसूची स्थगन प्रस्तावमा बोल्दै चौधरीले यस्तो आक्रोश व्यक्त गरेकी हुन्।
‘बजेट माथि छलफल हुँदै गर्दा कृषि मन्त्री लापत्ता हुनुहुन्थ्यो। आज फेरि आउनु भएको छ। छलफलमा के-के प्रश्न गरे उहाँले सुन्न भएको छैन। यो सदन प्रतिकै अपमान हो। हाम्रो सभापति तथा प्रधानमन्त्रीले भन्नुभो गठबन्धनको सरकार भएकोले मैले धेरै काम गर्न सकिन। तपाईंहरु जस्तै मन्त्री भएर हाम्रो सभापतिले काम गर्न सक्नु भएको छैन। बेइज्जत हाम्रै कांग्रेसलाई हुन्छ नि, नेतृत्व त कांग्रेसको छ।’
जनता समाजवादीका नेता महेन्द्र राय यादव कृषि मन्त्री रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।