धनगढी– जिल्ला समन्वय समिति कैलालीमा सत्ता गठबन्धन विजयी भएको छ। समितिको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका पदमबहादुर कलेल विजयी भएका हुन्।
कलेलले १३ मत पाउँदा नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीले १२ मत पाए।
उपप्रमुखमा माओवादीका खगराज भुसाल १३ मत पाएर विजयी भए। एमालेका राजेन्द्र खनालले १२ मत पाए।
कैलालीमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका थिए। गठबन्धनका उम्मेदवारलाई धनगढीका मेयर गोपाल हमाल (स्वतन्त्र)ले पनि सहयोग गरेका थिए।
यस्तै, नागरिक उन्मुक्ति र एमालेबीच छुट्टै तालमेल भएको थियो। भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका कारण माओवादीबाट निर्वाचित मोहन्याल गाउँपालिकाका देवीदत्त उपाध्यायले भने मतदान गर्न पाएका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।