काठमाडौं– लोसपा सांसद् उमाशंकर अरगरियाले देशमा कृषक भए पनि मल नभएको बताएका छन्। एमालेका सांसद्हरुले मल अभावको विषयमा छलफल गर्न राखेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले देशलाई 'कमिसन प्रधान' देश घोषणा गर्न माग गरे।
'कृषि प्रधान देश भनेर पटकपटक भन्दै र सुन्दै आएको छु। पढ्दै आएको छु। आजदेखि यो सदनमा मेरो व्यक्तिगत प्रस्ताव छ– कृषि प्रधान देश होइन, कमिसन प्रधान देश घोषणा गरियोस्', उनले भने।
उनले कृषिमा ६० प्रतिशत जनसंख्या निर्भर छ भन्ने हटाएर राजनीतिमा ६० प्रतिशत जनसंख्या निर्भर छन् भन्ने राख्न पनि माग गरे। नेपालमा राजनीति सेवाको भावना हटाइयोस् र पेसाको भावना राखियोस् भन्ने पनि प्रस्ताव राखे।
उनले कृषिमा ३० प्रतिशत उत्पादन बढाउने होइन, ३० प्रतिशत बढी आयात गर्ने (अभिप्राय) हो भनेर सच्याइयोस् भन्ने पनि माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।