काठमाडौं– संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बैठक जारी रहेको छ।
बैठकमा वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनको समीक्षा गर्नेलगायत अजेन्डामा छलफल हुने जनाइएको छ।
आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले चुनाव समीक्षालगायत अजेन्डा तय गरेको थियो। एमालेले चुनाव भएका ७५२ पालिकामध्ये २०५ पालिकामा प्रमुख जितेको थियो।
गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण तथा समसामयिक विषय पनि बैठकको छलफलका विषय छन्।
साथै, एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट सोमबारकै सचिवालयको बैठकमा पेस गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।