काठमाडौं- नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले मलखादको समस्या समाधान गर्न मल कारखाना नै खोल्नेतर्फ सरकारको ध्यान दिनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा दर्ता भएको विशेष प्रस्ताव माथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। ‘संसद्को प्रक्रियालाई स्थगन गर्ने प्रकृया उपयुक्त हुँदैन होला भन्ने लाग्छ। उठाइएको विषय महत्वपूर्ण भए पनि,’ उनले भने,‘कृषि प्रधान देश, किसानको खेतीपाती गर्ने बेला, कृषि आयतलाई महत्व दिनुपर्छ।’
उनले यो समस्या आजको मात्रै नभइ दुई तिहाइ बहुमतको सरकार भएको बेला पनि रहेको बताए। ‘भण्डारण गर्न नसक्ने क्षमताको समस्या आजको मात्रै होइन विगत देखिको नै हो। मल कारखानाका खोल्ने तर्फ नै ध्यान दिनुपर्छ,’उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।