काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवप्रति सांसद झपट रावलले खेद प्रकट गरेका छन्।
उनले जनताले मल अभावमा मन्त्रालयको मुख ताकिरहँदा उनी विदेश भ्रमणमा रमाइरहेको भन्दै खेद प्रकट गरेका हुन्।
'जनताहरु सरकार खोजिरहेका छन्। नेपालका किसानको समस्यासँग बेखबर कृषिमन्त्री विदेश सयर गरिरहनुभएको छ भन्ने मन्त्रालयमा बुझ्दा थाहा भयो। किसान सिंहदरबारको मुख ताकेर बसिरहेका बेला विभागीय मन्त्री विदेश जानु उपयुक्त हो? मन्त्रीप्रति खेद प्रकट गर्दछु' रावलले भने।
उनले सरकार बनेको एक वर्ष भइसक्दा कुम्भकर्णको निद्रामा देखिएको बताए। प्रतिपक्ष दलका सांसदले जनताका समस्या लिएर मन्त्रालय पुग्दा विभेद हुने गरेको समेत उनले उठाए। एक मन्त्रीले जनताका समस्या लिएर लेखिएको लेटरप्याड समेत च्यातेर फालेको बताउँदै आगामी दिनमा भण्डाफोर गर्ने चुनौती दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।